तीन वैज्ञानिकलाई रसायन शास्त्रमा नोबेल पुरस्कार

१८ आश्विन २०७४, बुधबार १४:४८

असोज १८, स्विडेन– यस बर्षको रसायन शास्त्र बिधातर्फको नोबेल पुरस्कारबाट तीन जना बैज्ञानिक सम्मानित भएका छन्।

रसायन शास्त्र बिधामा निरन्तर अनुसन्धान र नवीन आबिष्कारमा समर्पित तीन जना बैज्ञानिकहरु – जाकेस डुबोसेट, जोएसिम फ्र्याङ्क र रिचार्ड हेन्डर्सनलाई संयुक्त रुपमा नोबेल केमिस्ट्रि प्राइजबाट पुरस्कृत गरिएको हो।

यस पुरस्कारको धनराशी ९० लाख स्विडिस क्रोनार (करिब ११ लाख अमेरिकी डलर) बराबर रहेको जनाइएको छ।

शरीरका अति सूक्ष्म र जमेका जीवाणु पत्ता लगाउने तथा तिनीहरुका गतिबिधि अवलोकन गर्ने (इमेजिङ्ग टाइनि एण्ड फ्रोजन मोलिक्युल्स) अत्याधुनिक प्रबिधियुक्त नवीनतम बैज्ञानिक उपकरणः क्रायो–इलेक्ट्रोन माइस्क्रोस्कोपिको आविष्कार र निर्माण गरे बापत उनीहरुलाई नोबेल केमिस्ट्रि प्राइज प्रदान गरिएको हो।

क्रायो–इलेक्ट्रोन माइस्क्रोस्कोपि विधिलाई अति सरल र उच्च प्रभावकारी प्रविधि ठह¥याउँदै नोबेल केमिस्ट्रि कमिटीले कूल मेथडू भन्ने संज्ञा दिएको छ।

यस नवीनतम प्रविधिको प्रयोगबाट अबदेखि विद्युतीय प्रकाश (इलेक्ट्रोन बिम)को सहायताले शरीरमा अति सूक्ष्म र जमेका जीवाणु बसेका कोशिकाको फोटो खिच्न अनुसन्धानकर्ताहरुलाई सहज हुने पनि नोबेल केमिस्ट्रि कमिटीले जनाएको छ।

यस प्रविधिले शरीरको कोशिकामा रहेका हानिकारक भाइरस, प्रोटिन लगायत अति सूक्ष्म जिवाणु र तत्वहरुको विस्तृत नालीबेली ज्ञात गराउन सहयोग पुग्नेछ । साथै, यसै प्रविधिले अब ‘जिका भाइरस’ बाट उत्पन्न कठिन रोगहरुको औषधी, उपचार, नियन्त्रण तथा रोकथाम गर्ने विश्वास नोबेल केमिस्ट्रि कमिटीको छ । रासस/एएफपी