तीन दिनभित्र पर्चा पम्प्लेट हटाउन चेतवानी

८ मंसिर २०७४, शुक्रबार ०२:३५

मंसिर ८, काठमाडौं । बाँकेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले ३ दिनभित्र आचार संहिताविपरीतका प्रचार सामग्री हटाउन चेतावनी दिएको छ । ३ दिनभित्र सडकमा टाँगिएका पोस्टर, पम्प्लेट, पर्चा, तोरणहरु नहटाए आफै हटाईदिने चेतवानी दिएको छ ।

बुधवार सबै राजनीतिक दलका नेतालाई बोलाएर कार्यालयले ३ दिनको समय दिएको हो । राजनीतिक दलका नेताले त्यसमा सहमती जनाएका छन् । ‘तीन दिनभित्र हामी आफैँले टाँगेका पोस्टर, पम्लेट, पर्चा र तोरणहरु हटाउने सहमती गरेका छौं’ वामगठबन्धनका नेता अकलबहादुर बलमे भने – ‘हामीले आचारसंहिता पालना गर्छौं ।’  वामगठबन्धनकै अर्का नेता निरक गुरुङले स्थानीय निकायको चुनावमा आचारसंहिता पालना गराउन नसकिएको माइन्युट गर्न निर्वाचन कार्यालयलाई दबाब दिएको थियो । उनले सबैले आचारसंहिता पालना गरे आफुहरु पनि मान्न तयार रहेको बताए ।

 

जिल्ला न्यायाधीस एवं मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले आचारसंहिता विपरीत पर्चा, पम्प्लेट, पोस्टर, तोरणहरु राजनीतिक दल आफैले तीन दिनभित्र हटाउन सहमती भएको बताएको छ । मुख्य निर्वाचन अधिकृत सुवेदीले भने– ‘उहाँहरुले आफै हटाउँछ भनेपछि हामीले केही भन्नुपरेन ।’  मुख्य निर्वाचन अधिकृत सुवेदीले ३ दिनभित्र आचारसंहित विपरीत का प्रचार सामाग्री नहटाए आफैले हटाइदिने बताए । ‘राजनीतिक दलहरुले आफै हटाउनुभएन भने हामी आफ्नो तरिकाले काम गछार्’ैं – सुवेदीले थपे ।
चुनाव नजिकिदै जाँदा बाँकेमा चुनावी प्रचारप्रसार तीब्र रुपमा अघि बढेको छ । राजनीतिक दलहरुले बजारभरी तोरण, पम्प्लेट, पोस्टर, स्टिकर टाँसेका छन् । दलहरुको तोरण टाँग्ने प्रतिस्पर्धाले गर्दा बजार झिलीमिली भएको छ । – नेपाल समाचार पत्र