तपाईको भाग्य कस्तो छ हेर्नुस आजको राशिफल

८ कार्तिक २०७४, बुधबार ०४:३३

आज मिति २०७४ कात्तिक ८ गते बुधबार अर्थात् अँग्रजी मितिः ई.सं. २०१७ अक्टोबर महिनाको २५ तारिख ।शरद् ऋतु कार्तिक शुक्लपक्षको पञ्चमी तिथी

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन पुण्यार्जन गर्ने रहेको छ । धार्मिक कृत्य सम्पन्न हुनेछ । अध्यात्मिक एवम् आस्तिक भावना बृद्धि हुने र मानसिक शान्ति मिल्नेछ । पेशा तथा व्यवसायिक उन्नति पनि हुने देखिन्छ । पौरख गर्न पनि सकिने छ । यात्रायोजना एवम् नयाँ कार्यको थालनीको सम्भावनालाई पनि ग्रहले लक्षित गरिरहेको छ । आँटेको काममा थप आत्मबलको साथमा अघि बढ्न कोसिस गर्नुहोला । आज यहाँलाई नौ अङ्क र पहेलो रङ्गको प्रयोग फापसिद्ध हुनेछ भने भगवान लक्ष्मीनारायणको श्रद्धाभक्ति तथा दर्शन गर्नु हितप्रद हुनेछ ।

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन संघर्ष पर्ने खालको देखिएको छ । सोँचेजस्तो सजिलोसँग कामकार्य सम्पादन गर्न गार्हो पर्नेछ । स्वास्थ्यमा प्रतिकूलता पर्नसक्ने सम्भावना बढी रहेकोले आहारविहारमा ख्याल पुर्याउनु जरुरी हुनेछ । कार्यक्षेत्रमा पनि केही अबरोध सृजना हुनसक्ने तथा काम बिग्रनसक्ने भय छ । हतार नगर्नु नै बुद्धिमानी हुनेछ । धैर्यता र संयमले तनावलाई व्यवस्थापन गर्नु उचित हुनेछ । ग्रहको प्रतिकूल प्रभावलाई निवारणको लागि आज तपाईँले माँ इन्द्रायणीको श्रद्धाभक्तिको उपाय अवलम्बन गर्नु सुखप्रद हुनेछ भने आठ अङ्क, रातो एवं पहेंलो रङ्गको प्रयोग शुभकर हुनेछ ।

 

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन केही बाधाअबरोधको बाबजुत पनि आमोद–प्रमोदका क्रियाकलाप बृद्धि हुने तथा विपरितलिङ्गी तर्फको आकर्षण बढ्ने छ । केहीहद्सम्म व्यवसायिक उन्नति हुनाले आर्थिक सङ्कलन हुनेछ भने आफन्तिको शुभसन्देश प्राप्त गर्नसकिने छ । औपचारिक कार्यक्रम आदिको निमन्त्रणा मिल्ने तथा रमाइलो स्थानको यात्रा पनि हुनसक्ने देखिन्छ । विवाह तथा प्रेमको लागि आउने प्रस्ताव माथि भने अल्लि चनाखो हुन जरुरी देखिन्छ । आज तपाईले भगवान श्रीहरिको साथमा र भैरवदेवको सेवाआराधना गर्नुले ग्रहको बाधाअबरोध कम गर्न मद्दत हुनेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन व्यवसायिक प्रगति हुनगइ राम्रोमात्रामा धनार्जन हुने एवम् सन्तुष्टि मिल्ने छ । विरोधीसँगको प्रतिस्पर्धा गर्ने क्षमता बढ्ने तथा विजय मिल्ने छ । लौकिक प्रभुत्व बढ्ने तथा शत्रुपक्षलाई झुकाउन सकिने योग परेको छ । व्यापारीलाई यथेष्ट लाभ हुनसक्ने छ भने उद्यमको विकास र प्रख्याति बढ्ने देखिन्छ । शारीरिक स्वास्थ्यमा आरोग्यता बृद्धि हुनगइयथेष्ट आत्मबल बढ्ने छ ।आ“टसाहसले कार्य संपादन गर्नसकिने छ । अनुहारमा कान्ति बढ्ने तथा मान्छेहरु आकर्षित हुनेछन् । मनोरम स्थानको यात्रा हुने र प्रेमीबाट प्रेमसुख प्राप्त हुनेछ । गौरवानुभूति हुने दिन छ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन स्थिति ठिकै रहेपनि घमण्डले मानसिक पछुतो पर्नसक्ने छ । आत्मप्रशंसाको आसक्तिको मनोविज्ञानले व्यक्तित्त्वमा ह्रास आउने छ भने अनावश्यक फुर्तिफार्ति हुनसक्ने सम्भावना देखिएको छ । व्यवहारमा गम्भीर भएर अघि बढ्मा मात्रै केही उपलब्धि हातपार्न सकिएला अन्यथा मानसिक पश्चातापमा पर्नसकिन्छ । भएर पनि नभएजस्तो अर्थात सह नहरहे जस्तो महसूस गराउने ग्रहगोचर परेको छ । सात्त्विक मानसिक दृढता बढाउनु उपयुक्त हुनेछ । आज तपाईँले भगवान विष्णुको सेवा आराधना गर्नु उपयुक्त हुनेछ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन काममा अबरोध आउनसक्ने वा आरोप खेप्नुपर्ने हुनसक्नेछ । पारिवार एवं इष्टमित्रसँग विचारान्तर हु“दैमा हिम्मत नहारेर बुद्धिले कामलिनुआज यहाँको लागि बुद्धिमानी हुनेछ । मनमा केही संकोचित विचार बढ्नाले संसर्गीहरुसँग विवाद हुनसक्ने गोचरीय भय देखिएको हुनाले केही सावधानी एवम् संयम गर्नु मनासिव हुनेछ । अड्चनको सामना गर्दैभएपनि सकारात्मक दृढताको विकास गर्दै अघि बढेमा केही सफलता तथा पेशागत क्षेत्रबाट लाभ हातपार्न सकिने छ । आज यहाँको लागि आमाको सेवा सत्कार गरी आर्शिवाद लिनु शुभकर हुनेछ ।

 

तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन पुरुषार्थ बढ्ने र राम्रो उद्यम सम्पादन हुने दिन रहेको छ । प्रतिष्प्रधाजन्य कार्यमा सफलता मिल्ने छ । दैनिक कामकार्यको पक्षमा ग्रहले राम्रै बल दिइरहेको देखिन्छ । कामकार्यमा विशेष रुचि बढ्ने छ । महत्त्वपूर्ण कार्ययोजना अगाडि बढाउनसकिने छ । आफन्तीसँग भेटघाट हुने र केहीहद्सम्म सहयोग पनि पाइने छ । व्यवसायिक क्षेत्रबाट लाभ पनि गर्नसकिने छ । मुख्य एवम् महत्त्वपूर्ण काममा साथसहयोग पनि प्राप्त गर्नसकिने छ । आज तपाईले तेस्रो सँख्या, हरियो रङ्गको प्रयोगको साथमा इष्टदेवको सेवा आराधना बढाउनु शुभदायक हुनेछ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन सकारात्मक देखिएको छ । पेशा तथा कार्यक्षेत्रमा व्यस्तता बढ्ने र धन–सम्पत्तिको सञ्चय हुनजाने छ । केही मनोकामना पूरा हुनेछन् । घर परिवार वा कूलभित्र कुनै माङ्गलिक कार्य सम्पादन हुनसक्ने एवम् नातासम्बन्ध तथा संपर्क बढ्ने सम्भावना देखिएको छ । सांसारिक पुरुषार्थ हुनेहुनाले सन्तोष एवम् उत्साहकर दिन परेको छ, समयको सदुपयोग गर्नुहोला । आज यहाँको वाणीमा माधुर्यताको प्रभाव बढ्ने योग परेकोले गायक, प्रवचक आदि वाकवृति हुनेहरुको लागि दिन विशेष अनुकूलप्रद रहनसक्ने छ । अन्यक्षेत्रका व्यक्तित्त्वहरुको लागि पनि लाभ एवम् सफलता नै मिल्ने छ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन गोचर ग्रह अनुकूल छ । ईज्जत तथा मानप्रतिष्ठामा विकास हुनेछ । मनोनुकूल वातावरण सृजना हुनाले मनोरञ्जन एवम् खुशीयाली बढ्ने छ । मनोवाञ्छित स्वादिष्ट भोजनद्वारा मेजमानी मिल्नसक्ने छ । इष्टमित्रको आगमन हुने र सौगात तथा उपाहार मिल्नसक्ने सम्भावना पनि रहेको छ । नयाँकाममा लगानी वा शेयर आदि कारोबारको अवसर मिल्नसक्ने छ । पेशागत लाभ एवम् सफलता प्राप्त हुनेछ । आज यहाँलाई एक अङ्क, रातो रङ्गको प्रयोग र भगवान श्रीहरिको सेवाश्रद्धा तथा दर्शनभक्तिले अरु थप हित गर्ने छ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन संघर्षकारक छ, खर्च बढ्ने तथा कार्यमा नजानिने गरी अबरोध आउन सक्नेछ् भने स्वजनबाटै विश्वासघात हुने सम्भावनालाई पनि नकार्न सकिन्न । कार्यक्षेत्रमा पनि अवमूल्यनजस्ता प्रतिकूलता पर्नसक्छ, विचलित नभए अन्तमा सफलता पनि मिल्नेछ । मानप्रतिष्ठामा ह्रास जस्ता प्रतिकूलताको सामना गर्नपर्ने भएकोले साहस र धैर्यता बढाउनु होला । स्वकर्ममा सकारात्मक चिन्तनका साथमा सद्प्रयासरत रहनाले केही लाभ भने गर्न सकिनेछ । अनावश्यक घुमफिरमा मन नदिएकै राम्रो हुनेछ । सैद्धान्तिक विचलन आउन नदिनु बुद्धिमानी हुनेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन आयआम्दानी बढ्ने तथा ढुकुटीमा धनधातु जम्मा हुने ग्रहगोचर छ । मुख्य मानिएको तथा अपेक्षा गरिएको र आश्वासन मिलेको केही कामकार्यमा सफलता मिल्नेछ । व्यापार व्यवसाय तथा पेशाको क्षेत्रबाट राम्रो लाभ हातपार्न सकिनेछ । विशेष खालका व्यक्तिहरुसँग भेट्नघाट हुनेछ । आफन्तजनको शुभसमाचार सुन्न पाइने छ । आफन्तिको साथसहयोग मिल्ने तथा समर्थक बढ्ने छन् । आज यहाँको लागि दुई अङ्क, सेतो रङ्गको प्रयोग र भगवान श्रीकृष्णको श्रद्धाभक्ति गर्नु फापसिद्ध हुनेछ ।

मीन राशि :
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन उच्च वर्ग तथा पदस्थ व्यक्तित्त्वसँग संपर्कविस्तार हुने र सौहार्द वातावरणको निर्माण हुने गोचर परेको छ । पेशा एवं व्यवसायबाट आशातित लाभ गर्न सकिने हुनाले भावीकार्यमा आत्मबल बढ्ने र सन्तुष्टि मिल्ने देखिन्छ । आफन्तीहरुबाट सहयोग पनि मिल्ने तथा वरिष्ठ पद एवं जिम्मेवारी मिल्ने गोचर परेकोले राजनीति एवं समाजसेवामा पदप्रतिष्ठा थपिने छ । राम्रो तवरबाट लौकिक प्रख्याती बढ्न जाने छ । उत्तम समय रहेकोले अवसरको सदुपयोग गर्न जानेमा दीर्घकार्यको शुरुवात हुनसक्नेछ । राज्यबाट लाभ उठाउनसकिने छ भने उद्यमको विकास पनि हुनेछ ।