तनहुँमा रामचन्द्रका बागी पूर्व गृहमन्त्री जोशी

१६ कार्तिक २०७४, बिहीबार १०:२०

कात्तिक १६, काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध पूर्व गृहमन्त्री गोविन्दराज जोशीले बागी उम्मेदवारी दिएका छन् ।

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party’s 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

जोशीले तनहुँका जनता र स्थानीय कार्यकर्ताको भावना विपरीत रामचन्द्र पौडेललाई पार्टीले टिकट दिएकाले आफू स्वतन्त्र उम्मेदवार बन्न बाध्य भएको बताए । जोशीले यसअघि सो क्षेत्रमा आफ्नो उम्मेदवारी दावी गर्दै दमौलीमा प्रदर्शन समेत गरेका थिए ।

उनले कांग्रेसको टिकट वितरणमा नातावाद, कृपावाद र ठूलो आर्थिक चलखेल भएको भन्दै आफू जित्नका लागि उम्मेदवार भएको बताए । उनले आफ्नो साथमा कांग्रेसका कार्यकर्ताहरु रहेको समेत बताए ।

जोशीको समर्थनमा भानु नगरपालिकाका मेयर समेत रहेका कांग्रेस क्षेत्रीय सभापति उदयराज गौली पनि उपस्थित थिए ।