टिकट नपाएकोमा कांग्रेसमा सिटौला समेत असन्तुष्ट

८ कार्तिक २०७४, बुधबार ०३:३२

कात्तिक ८, काठमाडौ. । आगामी संघ र प्रदेश सभाको निर्वाचन नजिकिदै गर्दा राजनीतिक दलका शीर्ष नेताहरु टिकट बाँडफाँडमै पेचिलो बनेको छ । आफ्नो आकंक्षअनुरुप नभएपछि नेताहरु असन्तुष्ट बनदै गउको छ । त्यस्तै कांग्रेसभित्र पनि यस्तो समस्या आएको छ ।

निर्वाचन आयोगमा दर्ता भएको समानुपातिक उम्मेदवारको सूचीमा परिसकेका कांग्रेस पूर्वमहामन्त्री कृष्ण सिटौलाले झापा ३ बाटै निर्वाचनमा लड्ने घोषणा गरेका छन् । तर उनी प्रतयक्षमा आफ्नो उम्मेदवार हुनु पर्ने भन्दै आफुलाई कुनै सल्लाह नगरी समानुपापितकमा नाम पठाइसकेका कारण झापा ३ बाटै निर्वाचन लड्ने भएका छन् ।   एमाले र माओबादी केन्द्रको बाम गठबन्धन बनाएपछि कांग्रेसले राप्रपासंग मिलेर बलियो गठबन्धन बनाउन खोजिएको छ । त्यसैको चेपुवामा कांग्रेसका शीर्ष नेता सिटौला परेको सामाचार आजको नयाँपत्रिकाले छापेको छ ।

 

गत संविधान सभा निर्वाचनमा सिटौलासंगै पराजित भएका राप्रपाका राजेन्द्र लिङ्देनका लागि सिट छोड्न कांग्रेस तयार भएको छ । कांग्रेसले गत संविधान सभामा झापाबाट ४ क्षेत्र जितेको थियो । एमालेको पकड भएको झापामा सिटौला जस्ता प्रभावशाली नेता चुनावमा नजाँदा यसको फाईदा बाम गठबन्धनले लिने र कांग्रेस कार्यकर्ताको मनोबल गिर्छ भन्नेहरु पनि सिटौलालाई नै प्रत्यक्षमा उठ्न सुझाव दिइरहेका छन् । जिल्लामा आफ्नो प्रभाव रहे पनि टिकट नपाएको कांग्रेसका नेताहरु असुन्तुष्ट छन् ।

विधानविपरीत बनेको समितिले मनपरि गरेको आरोप

(जिल्लामा आफ्नो प्रभाव रहे पनि टिकट नपाएकोमा कांग्रेसका केही नेता असन्तुष्ट छन् । संखुवासभा कांग्रेसमा तीनपटक सभापति भएका तारामान गुरुङ प्रदेश र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बन्नबाट वञ्चित भए । उनी गत संविधानसभा निर्वाचनमा संखुवासभा १ बाट विजयी भएका थिए । संखुवासभा २ बाट जितेका दीपक खड्का यसपटक उम्मेदवार बनेका छन् । गुरुङ कृष्णप्रसाद सिटौला र खड्का महामन्त्री डा। शशांक कोइरालानिकट मानिन्छन् ।

(ओखलढुंगामामा जिल्ला सभापति प्रदीप सुनुवार प्रदेश ‘क’ बाट सिफारिस भए पनि ‘ख’ बाट उम्मेदवार बनाइएका छन् । आफ्नो प्रभाव नभएको क्षेत्रमा उम्मेदवार बनाइएकोमा उनी दुःखी छन् ।

(कमला पन्त लगातार तेस्रोपटक समानुपातिक सूचीमा परेकी छिन् । त्यस्तै, बाग्लुङमा प्रभावशाली उम्मेदवार भए पनि चम्पादेवी खड्कालाई प्रत्यक्षमा उठाइएको भन्दै कांग्रेसमा असन्तुष्टि छ ।

(कांग्रेसले युवा नेता बद्री पाण्डेलाई प्रतिनिधिसभा र प्रदेश सभा दुवैमा टिकट दिएन । प्रतिनिधिसभाको समानुपातिक सूचीमा समेत उनको नाम छैन । बाजुराका पाण्डे गत संविधानसभामा समानुपातिकबाट सांसद बनेका थिए । बाजुराबाट जिल्ला सभापति कविराज पण्डितलाई प्रतिनिधिसभाको टिकट दिइएको छ ।

(उम्मेदवार छान्ने १४ सदस्यीय समिति विधानविपरीत २२ सदस्यीय बनाइएको, समितिका सबै सदस्यको हस्ताक्षर नगरी टुंगो लगाइएको, केन्द्रीय समितिबाट अनुमोदन नगरिएको भन्दै नेतृत्वको आलोचना सुरु भएको छ । असन्तुष्टि जनाउनेमा कृष्णप्रसाद सिटौला र रामचन्द्र पौडेल पक्षका नेता छन् ।

(‘विधानविपरीत संसदीय समिति २२ सदस्यीय बनाइयो । अझै यसमा दुई सदस्यले थप हालीमुहाली गरेका छन् । टिकट वितरण निर्णयको माइन्युटमा समितिकै सदस्यको हस्ताक्षर छैन,’ कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, ‘दाबेदार र प्रभावशालीलाई समेत टिकट दिइएको छैन ।’