टिकटका लागि अनशन

१३ कार्तिक २०७४, सोमबार ०८:५५

कात्तिक १३, सप्तरी । आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि टिकट वितरणमा भेदभाव भएको भन्दै राजपा (नेपाल) का नेता लक्ष्मण यादव दुई दिनदेखि आमरण अनशनमा बसेका छन् ।

राजपा सप्तरी क्षेत्र नं २ का सभापतिसमेत रहेका यादवले नातावाद, पहुँच र व्यक्तिवादका आधारमा पार्टीले टिकट वितरण गरेको आरोप लगाएका छन् ।

जनआन्दोलन र मधेश आन्दोलनका अगुवाइलाई पाखा लगाई नेताहरूले आसेपासे र पहुँचवालालाई टिकट वितरण गरेको आरोप लगाउँदै यादव राजविराजस्थित गजेन्द्र चोकमा अनशनमा बसेका हुन् ।