जिल्ला शिक्षा कार्यालय परिसरमा बृक्षारोपण

२७ श्रावण २०७४, शुक्रबार ०६:२९

डोटी,२५ साउन । जिल्ला शिक्षा कार्यालय डोटीको हाताभित्र बृक्षारोपण गरिएको छ । स्वच्छ बाताबरणमैत्री कार्यालय निर्माण गर्ने उदेश्यले जिल्ला शिक्षा अधिकारी अनन्त कुमार पौड्यालको नेतृत्वमा विद्यालय निरिक्षक,श्रोत ब्यक्ति,प्राबिधिक सहायक,नासु,खरिदार र कार्यालय सहयोगीहरुले कपुर,तेजपात,पामोलिया आदि जातका एक सय वटा विरूवाहरू रोपेका छन् । जिल्ला वन कार्यालयले वृक्षारोपणका लागि विरूवा उपलब्ध गराएको थियो । कार्यालयलाई हरभरा र स्वच्छ बाताबरणमैत्री बनाउन सबै कर्मचारी जुटेर वृक्षारोपण गरिएको जिल्ला शिक्षा अधिकारी पौड्यालले बताए । जिल्ला शिक्षा कार्यालय डोटीमा गरिएको बृक्षारोपणले अन्य सरकारी कार्यालयलाई पनि स्वच्छ बाताबरणमैत्री निर्माण गर्न पाठ सिकाएको छ ।