जिम्मेवारीका विषयमा मन्त्री-राज्यमन्त्रीवीच विवाद

९ कार्तिक २०७४, बिहीबार ०३:४५

कात्तिक ९, काठमाडौं। वन मन्त्रालयमा मन्त्री विक्रम पाण्डे र राज्यमन्त्री कमलादेवी शर्माबीच जिम्मेवारी बाँडफाँटको विषयमा विवाद भएको छ । दुवै नेता राप्रपा (प्रजातान्त्रिक) बाट मन्त्री बनेका हुन् ।

राज्यमन्त्री शर्मा आफूलाई विगतका राज्यमन्त्रीलाई जस्तो हैसियत अनुसारको जिम्मेवारी नदिइएको भन्दै राज्यमन्त्री शर्मा मन्त्री पाण्डेसँग असन्तुष्ट छिन् । ‘दुई÷ तीनपटक जिम्मेवारी चाहियो भनेर मन्त्री पाण्डेसँग अग्राह गरेकी बताइन् । उनले ‘विगतका राज्यमन्त्रीले पाएजस्तो हैसियतअनुसारको जिम्मेवारी आफुले नपाएकी र पाउनु पर्ने कुरा राखेकी राज्यमन्त्री शर्माले बताएकी समाचार आजको कान्तिपुमा छापिएको छ ।

वन मन्त्रालयमा वन, राष्ट्रिय निकुञ्ज, वनस्पति, भूसंरक्षण र वन अनुसन्धान गरी ५ वटा विभाग छन् ।