छठ पर्वका लागि भोलि पनि सार्वजनिक विदा

९ कार्तिक २०७४, बिहीबार ११:१४

कात्तिक ९, काठमाडौँ । छठ पर्वका अवसरमा सरकारले भोलि पनि सार्वजनिक विदा दिने भएको छ ।

गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै सरकारले थप एक दिन भोलि सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको हो ।

छठ पर्वको अवसरमा सरकारले आज पनि सार्वजनिक बिदा दिएको छ । यसअघि छठ पर्वमा सरकारले एक दिन मात्रै बिदा दिंदै आएको थियो ।