चुनाव हुनु नै जनताको जित – विनाविभागीय मन्त्री शर्मा

मंसिर १०, रुकुम । विनाविभागीय मन्त्री जनाद्र्धन शर्मा ‘प्रभाकर’ले चुनाव हुनु नै जनताको जित भएको बताएका छन् ।

आईतबार विहान आफ्नो गृह जिल्ला रुकुममा मतदान गरिसकेपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त बोल्दै यस्तो बताए ।  केही देशी विदेशी तत्वहरुले निर्वाचन भाँड्न खोजेको भन्दै अब कसैले पनि चुनावलाई तलमाथि गराउन नसक्ने बताए ।  जनताको उत्साहपूर्ण सहभागिताले पनि चुनाव हुन सफल भएको बताए ।  अहिलेको परिस्थितिमा चुनाव हुनु नै जनताको जीत हो, अब छिटै नेपाल समृद्धिको बाटोमा अगाढी बढ्छ प्रभाकरले भने ।

 

यसैवीच पहिलो चरणमा हुने प्रदेश सभा र प्रतिनीधि सभा निर्वाचनका लागि आज रुकुममा पनि मतदान सुरु भएको छ ।  रुकुम पश्चिमको सेरीगाउँ मतदान स्थल क केन्द्रबाट पूर्व गृह मन्त्री एवं विनाविभागीय मन्त्री जनाद्र्धशन शर्मा प्रभाकरले सुरुमा मतदान गरेर शुरुवात गरे ।  उनले यमुनानन्द नमुना उमावि सेरीगाउँ मतदान केन्द्र ‘क’ बाट मतदान विहान ७ बजेर १५ मिनेटमा गरेका हुन् ।  ठीक सात बजे मतदान गर्ने भनिएता पनि स्थानीय प्रतिनीधिहरु ढिलो आएका कारण १५ मिनेट ढिलो गरी सुरु भएको थियो । अन्य मतदाताहरुले पनि त्यसलगत्तै मतदानमा भाग लिएका छन् ।


प्रकाशित | २०७४ मंसिर १० प्रकाशित ०५:१५

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ