चुनाब जितेको ६ महिनाभित्र धुलियाबिट–भेडाबारी कालोपत्रे गर्छु -पूर्वगृहमन्त्री खड्का

१५ मंसिर २०७४, शुक्रबार १०:००

सुदिप पुरि  मंसिर, १५ सुर्खेत ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सुर्खेत क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार पूर्णबहादुर खड्काले आसन्न निर्वाचनमा जनताले आफूलाइ जिताएमा ६ महिनाभित्र धुलियाबिट–भेडाबारी  कालोपत्रे  गरेर देखाउने बताएका छन् ।

सुर्खेतको लेकवेशी नगरपालिकाको चुनाव प्रचारप्रसार समितिले कल्याणमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै पूर्व गृहमन्त्री समेत रहेका खड्काले जनताको विकासको चाहना आफूले पूरा गर्दै आएको उल्लेख गरे ।
उनले भेरीगंगा नगरपालिकाको भेरी उपत्यकाका दुवै किनारमा अत्याधुनिक नमूना शहर निर्माण गर्न जनताले नेपाली काँग्रेसलाइ जिताउनुपर्नेमा जोड् दिए ।

भेरी नदी किनारका जग्गाहरुमा आवश्यकता अनुसार कृषि उत्पादन गरी समग्र जिल्लालाइ नै खाद्यान्नमा आत्मनिर्भर बनाएर खाद्यान्न तथा तरकारी निर्यात गर्नका लागि किसानहरुलाइ सक्षम बनाउने योजना आफूले लिएको खड्काले बताए ।

हाल सिचाइँको अभाव रहेका जिल्लाका कृषियोग्य भूमिमा नजिकको पानीको स्रोत खोजी गरी तत्काल सिँचाइको व्यवस्था गर्दै जनताको आर्थिक समृद्धिमा टेवा पु¥याउने आश्वासन समेत खड्काले दिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य पदका लागि सुर्खेत क्षेत्र नं. १ (ख) का उम्मेदवार झकबहादुर डाँगीले नागरिकको स्वतन्त्रतासम्बन्धी मौलिक हकको रक्षाका लागि नेपाली काँग्रेसको नेतृत्व अपरिहार्य रहेको भन्दै आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा नेपाली काँग्रेसलाइ जिताउने मतदातासंग अपिल गरे ।

एमाले र माओवादी पार्टी परित्याग

लेखबेसी स्तरिय कल्याण मा भएको वृहत आमसभामा एमाले र माओवादी पार्टी परित्याग गरी दुई सय एकाउन्न जना काँग्रेसमा प्रवेश गरेका छन ।