चितवनमा बसको ठक्करबाट एक किशोरीको मृत्यु

असोज २७ चितवन । बसको ठक्करबाट चितवनमा एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ बैदी घरभएकी २२ वर्षीया निशा थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 

चौबिसकोठीबाट नारायणगढतर्फ जाँदै गरेको ना ३ ख २२८० नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको ना ३० प ५५०० नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान ११ः४५ बजे भरतपुरको वीरेन्द्र क्याम्पस गेट अगाडि ठक्कर दिएको थियो ।  ठक्करबाट घाइते भएकी थापाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

 

मोटरसाइकलको पछाडि सवार थापाको मृत्यु भए पनि चालक भने सामान्य रहेको प्रहरीले जनाएको छ ।    मोटरसाइकललाई ठक्कर दिने बस र मोटरसाइकल चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । यस्तै भरतपुर महानगरपालिका–१६ का टीकाबहादुर बस्नेत करेन्ट लागेर गम्भीर घाइते भएका छन् ।  बस्नेत बिहान सडकमा हिँडिरहेको समयमा पोलको तार चुँडिएर करेन्ट लागेको हो । करेन्ट लागेर गम्भीर घाइते बस्नेतको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।


प्रकाशित | २०७४ आश्विन २७ प्रकाशित १४:०९

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ