घरेलु मैदानमा नै अर्जेन्टिना पेरुसँग गोलरहित बराबरी खेल, सिधै विश्वकपमा छनोट हुन असफल

२० आश्विन २०७४, शुक्रबार ०३:५१

एजेन्सी । रुसमा हुने २०१८ को विश्वकपमा अर्जेन्टिना सिधै छनोट हुन असफल भएको छ । शक्रबार विहान विश्वकप अन्तर्गत दक्षिण अमेरिकी देशको छनोटमा पेरुसँग गोलरहित बराबरी खेलेसँगै विश्वकपमा स्थान बनाउन नसकेको हो ।

अर्जेन्टिनाले अब विश्वकपमा स्थान बनाउनका लागि प्लेअफ खेल खेल्नुपर्ने हुन्छ । २०१४ को विश्वकपको उपविजेता बनेको अर्जेन्टिना विश्वकप छनोटको कठिन मोडमा पुगेको छ । विश्वकपमा स्वतः स्थान बनाउनका लागि अर्जेन्टिनाले पेरुलाई पराजित गर्नै पर्ने थियो । तर घरेलु मैदानमा नै अर्जेन्टिना पेरुसँग गोलरहित बराबरी खेल्न पुगेको हो ।

घरेलु भूमि इस्टाडियो अल्बेर्टोमा भएको खेलमा सुरुवाती समयदेखि नै अर्जेन्टिनाले आफ्नो पकड जमाए पनि गोल गर्न सकेन । अर्जेन्टिनाले पाएको राम्रो अवसरलाई सदुपयोग गर्न सकेन । खेलको अधिकांश समयमा अर्जेन्टिनाले बल नियन्त्रणमा लिएको थियो । पहिलो हाफमा गोलरहित बराबरी खेलको अर्जेन्टिनाले दोस्रो हाफमा पनि बराबरी खेल्दै अंक बाड्न पुग्यो ।

 

तुलनात्मक रुपमा दबाबमा खेलेको पेरुले निकै राम्रो प्रदर्शन ग¥यो । विश्व चर्चित खेलाडी लियोनल मेस्सी, डि मारिया लगायतका अनुभवी खेलाडीको पेरु विरुद्ध केही लागेन । यसअघि भएको अवे खेलमा पेरुसँग अर्जेन्टिना २–२ गोलको बराबरीमा रोकिएको थियो । अर्जेन्टिनाले अक्टोबर १० तारिखमा इक्वेडरसँग अन्तिम खेल खेल्दैछ । दक्षिण अमेरिकी देशबाट ब्राजिल यसअघि नै छनोट विश्वकपमा भई सकेको छ ।