गायक सन्तोष लामा वाईबाको नयाँ गीत सार्वजानिक

१८ माघ २०७७, आईतवार १५:०२

 

गायक सन्तोष लामा वाईबाको मौलिक पहिचान बोकेको गीत डम्फको तालै क्या राम्रो भिडियो सहित सार्वजानिक भएको छ । गितको भिडियो यु.एस नेपालको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको हो । यो गीत र भिडियोलाई स्वाधिन्ता लामा वाईबाले निर्माण गरेका हुन ।

तामाङ सेलो भाकामा रहेको गीत डम्फुको बारेमा रहेको छ । बरिष्ठ संगीतकार चन्द्र कुमार दोङको शब्द , संगीत र संगीत संयोजनमा तयार भएको गीतमा स्वर सन्तोष लामा वाईबाकै रहेको छ । गीतको ध्वनि सम्पादन दिपेस प्रधानले गरेका हुन ।

गीतको भिडियोको बारेमा भन्नु पर्दा गीतको भिडियो काठमाडौ नजिकै छायांकन गरिएको छ। भिडियोमा प्रमुख कलाकारको रुपमा पुर्ण बहादुर स्याङतान , मोनिका गुरुङ र महेस थापालाई देख्न सकिन्छ । केशब कोईराला र देवराज गुरुङको निर्देशनमा बनेको भिडियोलाई दक्क्षिना लामाले नृत्य निर्देशन गरेका हुन ।

रामेश्वर जिरेलले छायांकन गरेको भिडियोमा रोनिस तामाङले ड्रोन चलाएका छन भने लोकेन्द्र सुब्बाले सम्पादन गरेको हो । डम्फुको गीतमा डम्फुको राम्रै प्रयोग देखिन्छ । अब्बल रुपमा नृत्य प्रस्तुत गरिएको भिडियोमा राम्रै लागानि भएको देखिन्छ । राम्रै लगानिमा बनेको राम्रो भिडियो स्रोता दर्शकले मन पराउनेमा कुनै दुईमत छैन । गायक सन्तोष लामा वाईबाको यो भन्दा अगाडि पनि धेरै गीत संगीत बजारमा आईसकेको छ।