कुवेतमा एक नेपाली घरेलु कामदारको मृत्यु

१९ कार्तिक २०७४, आईतवार ०२:३०

कात्तिक १९, काठमाडौँ । ४ वर्षअघि घरेलु कामदारको रुपमा कुवेत गएकी एक नेपाली कामदारको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका झापाकी २९ वर्षीया बहा मुर्मुको उपचारका क्रममा मृत्यु भएको खबर आजको मध्यान्ह दैनिकमा खबर छ ।

एक महिना अगाडि अशक्त अवस्थामा नेपाली दूतावास पुगेकी मुर्मुलाई दूतावासले सेल्टरमा पठाएपछि उपचारको लागि फर्वानिया अस्पतालमा भर्ना गराइएको थियो भने उपचाका क्रममा हृदयघातका कारणको उनको निधन भएको फरवानिया अस्पताललाई उद्धृत गर्दै नेपाली दूतावासले जनाएको छ ।

घरेलु कामदारको पमा कुवेत गएदेखि घर नफर्केकी मुर्मु गैरकानूनी रुपमाकाम गरिरहेकी थिइन् । उनको शरीर सकेको थियो । पहिले गोरो मान्छे कालो भएकी मुर्मुको नेपाल फिर्तिका लागि लाग्ने खर्च गैरआवसीय नेपाली संघ कुवेतले अभियान सञ्चालन गरी पहल गरिरहेको थियो ।