काठमाडौ ३ मा निर्वाचित एमालेका उम्मेद्वारहरु राई र फुयाँलको विजय यात्रा (तस्बीर हेर्नुस्)

मंसिर २५, काठमाडौं । काठमाडौ ३ मा निर्वाचित वाम गठबन्धनका उम्मेद्वारहरु कृष्ण राई र रामेश्वर फुयाँलको जितपछि वृहत विजयी जुलुस सहित घरदैलो कार्यक्रम गरेका छन् ।

 

निर्वाचन अघि जसरी भोट माग्न जनताको घरदैलोमा पुगेका राई र फुयाँल आफ्नो जीत हासिल पछि पुनः मतदातालाई धन्यवाद दिन घरदैलो अभियानमा लागेका छन् ।


 

आईतबार चाबाहिल चुच्चेपाटीदेखि  सुरु भएको उक्त ¥याली बौद्ध, जोरपाटी हुदै सुन्दरीजलसम्म पुगेर कोणसभामा परिणत गरेका थिए ।

गोकर्णको शहिदपार्क पुगेर दुवै विजयी उम्मेद्वारले आफूभन्दा अग्लो विरुवा समेत रोपेको थियो ।

 

 

कृष्ण राई प्रतिनिधिसभा सदस्यतर्फ नेपाली काँग्रेसका उम्मेद्वार अम्बिका बस्नेतलाई पराजित गराएर विजयी बनेका हुन् । त्यस्तै रामेश्वर फुयाँल प्रदेशसभा (ख) बाट काँग्रेस उम्मेद्वार विमल ठकुरीलाई पराजित गराई निर्वाचित भएका हुन् ।

 

 

सुन्दरीजलको बसपार्कमा बनाएको निर्वाचन चिन्ह सहितको आकृति


प्रकाशित | २०७४ मंसिर २५ प्रकाशित ०७:०४

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ