काठमाडौं ३ अन्र्तगत १ प्रदेश सभा सदस्य नाम सिफारिसमा मन्दिर तिमिल्सिनाको चर्चा

१९ आश्विन २०७४, बिहीबार १०:२३

असोज १९, काठमाडौं । मंसिर २१ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको चर्चा चलिरहेको बेला विभिन्न राजनीतिक दलहरुले आ–आफ्नो क्षेत्र र प्रदेशबाट उम्मेदारीको नाम सिफारिस तथा सार्वजनिक गरेका छन् । त्यस्तै काठमाडौं क्षेत्र नं. ३ अन्र्तगत १ नं. प्रदेश सभा सदस्यका लागि नेकपा एमालेबाट मन्दिर तिमिल्सिनाको नाम चर्चामा आएको छ । उनी एमाले काठमाडौं ३ नं. क्षेत्रीय सचिवलय सदस्य तथा कार्यालय सचिव समेत हुन् ।

 

गोकर्णेश्वर नगरपालिका अन्र्तगत रहेका ५ र ९ वडा त्यस्तै काठमाडौं महानगरपालिका वडा नं. ६ समेत भूगोल रहेको प्रदेश १ मा अन्य प्रदेशको तुलनामा भन्दा बढि जनसंख्या रहेका छन् । विकास र चुनौतिका सम्भावना समेत रहेका उक्त क्षेत्रमा विश्व सम्पदा सूचिमा समेत परेका पर्यटकीय स्थल बौद्ध स्तूपा समेत रहेको छ ।

राजनीतिक दलहरुको ध्यान केन्द्रित उक्त प्रदेशमा नेकपा एमालेको तर्फबाट मन्दिर तिमिल्सिना र गोपाल बरालको नाम आएको छ । तर दुई नाम मध्ये तिमिल्सिना नै आउँने प्रबल सम्भावना भएको गोकर्णेश्वरका एक एमाले नेताले सुनाए । आगामी निर्वाचनमा यस क्षेत्रका जनताले एमालेलाई विश्वास गर्ने आधार थुप्रै रहेको मन्दिर तिमिल्सिनाले उल्लेख गरे । पार्टीले सर्वसहमत प्रदेश सभा सदस्यका लागि आफ्नो नाम सिफारिस गर्ने ढुक्का रहेको बताउँदै जनताको पक्षमा सधै इमान्दर भएर लागि परेको जिकिर गरे ।

 

२०३६ सालको एस.एल्.सी व्याचमा उत्रिर्ण भएका उनी विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएको बताए । विभिन्न संघसंगठनमा आवद्ध रहदै आएको उनी २०५१ सालमा सविकको जोरपाटी गा.वि.स.मा टोल सक्रिया दलबाट पार्टीमा संगठित र सक्रिया राजनीतिक भूमिका लिएका थिए । पार्टी कार्यकाललाई जीवन्त दिन उनले सामाजिक, शैक्षिक तथा विकास निर्माणका कार्यमा समेत उल्लेख्य जिम्मेवारी खेल्दै आएका छन् । उनले २०६४ सालमा सरकारी कर्मचारी पेशा छाडेर राजनीतिलाई मूर्त रुप दिन स्थानीय, टोल सुधार तथा जनताका काममा व्यस्था हुदै निर्वाचनका विभिन्न समयमा सकारात्मक भूमिका निभाउँदै आएको उनले बताए ।