काठमाडौं क्षेत्र नं. ३ अन्र्तगत प्रदेश १ का उम्मेद्वार छिरिङ लामा को हुन् ?

२७ कार्तिक २०७४, सोमबार १५:४३

‘युवादेखि वृद्धसम्म लोकप्रिया छिरिङ लामा आफ्नो चुनावी अभियानलाई तिब्र रुपमा अगाडी बढाउँदै,

शिक्षित प्रखर व्यक्तित्वका धनि लामा सरल स्वभाव र असल आचारणकै कारण सबैको नजरमा लोकप्रिया बन्दै’

आयोखबर । एक असल युवा, सरल र इमान्दार छवि भएका व्यक्तित्व जीवन भएका सामाजिक र राजनीतिक क्षेत्रमार्फत समाज र राष्ट्रकै विकास लागि निरन्तर क्रियाशिल व्यक्ति हुन छिरिङ दोर्जे लामा । उनले विद्यार्थी कालबाटै आफ्नो राजनीतिक जीवनको यात्रा सुरुवात गरेर समाज परिवर्तनका निम्त्ति खटिए । त्यस्तै पार्टी र स्थानीय मतदाताको स्नेह र सदभाव पाएकै कारण आगामी मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनमा होमिएका छन् ।

काठमाडौं महानगरपालिका स्थित वडा–६, बौद्धमा बुबा चन्द्रबहादुर लामा (प्रेम) र आमा बुद्धिमाया लामाको कोखबाट जन्मिएका छिरिङ लामा सामाजिक कार्यकर्ताका रुपमा स्थानीयहरुमाझ चिरपरिचित व्यक्ति हुन् । उनले विं।सं। २०५१ सालबाटै नेपाल विद्याथी संघको साधारण सदस्यताबाट औपचारिक रुपमा राजनीतिक जीवनमा प्रवेश गरेसंगै विभिन्न नेतृत्व तहसम्म पुगेर कार्य सम्पादन गर्दै आएका छन् । त्रि–चन्द्र क्याम्पसबाट भू–गर्भ शास्त्रमा स्नाकोत्तर गरेका लामा क्याम्पसको २०५५ सालमा भएको स्वातन्त्र विद्यार्थी युनियन (स्ववियु) मा नेवि सघंबाट सदस्यमा निर्वाचित भएका थिए । त्यस्तै २०५७ सालमा भएको स्ववियुमा उनको विद्यार्थीहरुको माया सदभाव र सक्रियताकै आधारले सहसचिव पदमा निर्वाचित भएका थिए ।

राजनीतिक दौरानकै क्रममा २०६१ मा नेपाल विद्यार्थी संघ केन्द्रिय कार्यसमितिमा सहमहामन्त्रीमा निर्वाचित भए । त्यस्तै नेपाली काँग्रेसको १२औं महाधिवेशन बाट काठमाडौँ जिल्ला कार्यसमितिको जिल्ला सदस्य निर्वाचित उनी हाल काठमाडौं क्षेत्र नं. ३ अन्र्तगत प्रदेशसभा १ अर्थात् (क) मा नेपाली काँग्रेको तर्फबाट उम्मेद्वारी बनेका छन् । युवादेखि वृद्धसम्म लोकप्रिया छिरिङ लामा आफ्नो चुनावी अभियानलाई तिब्र रुपमा अगाडी बढाएको बताउँछन् । शिक्षित प्रखर व्यक्तित्वका धनि लामा सरल स्वभाव र असल आचारणकै कारण सबैको नजरमा लोकप्रिया छन् । त्यस्तै बौद्धनाथ क्षेत्र विकास कोषमा समेत कार्यकारी निर्देशकको रुपमा काम गर्दै अनुभाव बढुलेका उनले विकास निर्माण देखि सामाजिक विकास र परिवर्तनका बारेमा भरिपूर्ण ज्ञान भएको मानिन्छ ।

चुनावी अभियानमा उनी खुलेरै मतदाताहरुसंग भन्छन् विकास र परिवर्तनका लागि योग्य र अनुभावका आधारमा युवा उम्मेद्वार छान्नुस् निर्वाचितपछि तपाईहरुकै निर्देशनमा रहेर काम गर्नेछु । काम गर्ने अवसर प्रदान गर्नुस् भन्दै मतदाताहरुलाई मत माग्दै छन् । आफुलाई जनताको सकारात्मक साथ र सुझाव आईरहेको बताउँदै आफु यो प्रदेशसभा निर्वाचनमा जित्ने दावी गरेका छन् । हाम्रो पनि शुभकामना छिरिङ लामालाई ।