काकाले फुटबलबाट संन्यास लिने

४ पुष २०७४, मंगलवार १०:४०

पुस ४, काठमाडौं ।(एजेन्सी)
ब्राजिलका पूर्वमिडफिल्डर काकाले संन्यास लिएका छन् । अन्तर्राष्ट्रिय फुटबलबाट यसअघि नै संन्यास लिएका काकाले व्यवसायीक खेल जीवनबाट पनि संन्यासको घोषणा गरेका छन् । कोरियमा सन् २००२ मा भएको विश्वकपको उपाधि ब्राजिललाई दिलाउन महत्वपूर्ण भूमिका खेलेका काकाले आइतबार सन्यासको घोषणा गरेका हुन् ।


स्पेनिस क्लब रियल मड्रिड र स्पेनिस क्लब इटालियन क्लब एसी मिलानका पूर्व खेलाडीसमेत रहेका काकाले पछिल्लो समय अमेरिकाको एमएलएस क्लब ओरल्यान्डो सिटीबाट खेल्दै आएका थिए ।
ब्राजिलियन क्लब साओ पाउलोबाट खेल जीवन सुरु गरेका काकाले आफ्नो खेल जीवनको अन्तिम खेल गत अक्टोबरमा ओरल्यान्डोका लागि खेलेका थिए । काका विश्वकप, च्याम्पियन्स् लिग र बालेन डी”ओर तीनै उपाधि जित्ने ८ खेलाडीमध्य एक हुन् ।
उनले ट्वीटरमार्फत सन्यास लिएको घोषणा गरेका छन् । उनी जीवनको अर्को चरणको लागि आफू तयारी रहेको बताएका छन् ।