काँग्रेसकै नेतृत्वमा सरकार, काँग्रेसमाथि नै बम प्रहर सरकार मौन

१४ मंसिर २०७४, बिहीबार ०१:१७

मंसिर १४, काठमाडौं । उदयपुरको प्रतिनिधिसभा क्षेत्र नं.२ का काँग्रेस उम्मेद्वार नाराणबहादुर कार्की चढेको सवारीसाधनमाथि बुधबार बम विस्फोट हुँदा कार्कीसहित चुनाव प्रचारमा रहेका अन्य ६ जना घाईते भए ।

 

उदयपुरको गढी गाँउपालिका६ मा बुधाबार विहान ११ बजे भएके बम विस्फोटबाट उम्मेद्वार कार्की सहित निरा कटुवाल, धनमाया धौलाकोटी, राजन कार्की लगायत अन्य ३ जना घाइते भएका थिए । बुधबार नै जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं. १ का नेपाली काँग्रेसका उम्मेद्वार डा. नारायण खड्काको ेगाडीलाई लक्षित गरी बम प्रहर भएको थियो ।   अघिल्लो दिन मंगलबार नेपाली काँग्रसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेताहरु दाङको तुलसीपुरमा कार्यक्रम चलिरहेकै बेला २ सय मिटरको दूरीमा बम विस्फोट हुँदा गम्भीर घाइते भएका ८ जनामध्ये म्यादी प्रहरी विनोद चौधरीको बुधवार विकान निधन भयो ।   सोमबार राति पनि नेपाली काँग्रेसका पूर्वमहामन्त्री एवं झापा प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ का उम्मेद्वार समेत रहेका कृष्णप्रसाद सिटौलाको चन्द्रगढीस्थित घरमा बम विस्फोट भएको थियो । यस अघि काँग्रेसका उम्मेद्वार रामचन्द्र पौडेल, डा. रामशरण महतलगायतका नेताहरु चढेको सवारीसाधनमा पनि लगातार बम विस्फोट गराएको थियो । लगातार काँग्रेस उम्मेद्वारमाथि बम प्रहर भइरहँदा पनि सरकारको नेतृत्व गरिरहेको काँग्रेसले घटना न्यूणीकरण गर्न सकेको छैन ।

 

घटना भएपछि काँग्रेस केन्द्रिय निर्वाचन परिचालन समिति तथा केन्द्रिय कार्यालयतर्फबाट काँग्रेसका नेता उम्मेद्वार तथा कार्यकर्तालाई लक्षित गरी सुनियोजित तरिकाले शृंखलाबद्ध रुपमा यस्ता घटनाहरु दोहोरिहनु दुःखद भएको भन्दै यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराएको छ । काँग्रेसले यस्ता घटनाहरु लोकतन्त्र विरोधी ततवहरुले गराएको भन्दै घटनामा संलग्न व्यक्तिको खोजी गरी तत्काल कारबाही गर्न पनि सरकारसँग माग गरेको छ ।  दिनाहुदिन बम विस्फोटको घटनाले त्रास छाएको छ । काँग्रेस उम्मेद्वार तथा कार्यकर्ताको हत्या नै गर्ने उद्देश्यले लगातार आक्रमण भइरहेको भन्दै काँग्रेसका एक केन्द्रिय सदस्यले भने– ‘हाम्रै नेतृत्वमा सरकार छ, हाम्रै उम्मेद्वारमाथी दैनिक हमला भइरहेको छ, सरकार मौन बसेको छ ।’ काँग्रेस उम्मेद्वारमाथि लगातार आक्रमण भइरहेको र काँग्रेस नेतृत्वको सरकारले यस्ता घटना रोक्न नसकेको जिज्ञासा राख्दै घटना न्यूनीकरण गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको रणनीति के छ भनि सोधिएको प्रश्नमा प्रधानमन्त्री देउँवाको प्रेस सल्लाहकार गोविन्द परियारले भने – ‘यस विषयमा प्रधानमन्त्रीले विज्ञप्ति निकालिसक्नुभएको छ त्यही हेनुहोस् ।’
पछिल्लो समयमा बढ्दै गएको बम विस्फोटका घटनाहरु न्यूनीकरण हुन नसक्नुको मुख्य कारण मुलुकमा छुट्टै गृहमन्त्री नहुनुलाई मानिएको छ ।

 

गहृमन्त्रालय प्रधानमन्त्री स्वयम्ले राखेको र उहाँ चुनाव प्रचारप्रसारका क्रममा देश दौडाहमा भएकाले शान्ति सुरक्षामा ध्यान दिन नसक्नुभएको बताइएको छ । विपक्षी दलका नेताहरुले पनि यही आरोप लगाईरहेका छन् । चुनावी सुरक्षाको गोप्य रणनिित, कार्य योजनाहरु बाहिरिएकाले पनि यस्ता आक्रमणहरु गर्न सजिलो भएको बताईएको छ । साथै, बम विस्फोटका घटनामा माओवादीका पूर्व लडाकुहरु तथा विप्लव माओबादी कार्याकर्ताहरु परिचालन भएको भन्दै उनीहरुले एमाले माओवादीको गठबन्धनका उम्मेद्वारहरुलाई भन्दा सत्तासिन काँग्रेस उम्मेद्वार लक्षित धेरै घटनाहरु गराएको आरोप काँग्रेसले लगाएको छ । – नेपाल समाचारपत्र