ऐतिहासिक वाम एकताको विद्यार्थी संगठनहरुको स्वागत

१९ आश्विन २०७४, बिहीबार १३:३४

असोज १९, काठमाडौँ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपाल निकटका विद्यार्थी संगठनले ऐतिहासिक वाम एकता र एकीकृत पार्टी निर्माणका विषयमा भएको सहमतिको स्वागत गरेका छन् ।

तीन वटै संगठनका अध्यक्षले आज संयुक्त रुपमा विज्ञप्ति प्रकाशन गरी समाजवाद स्थापना गर्ने लक्ष्यका साथ शुरु भएको वामपन्थी शक्तिको एकताले मुलुकलाई नयाँ दिशामा लैजाने बताए । एकता संयोजन समिति र चुनावी तालमेलको घोषणाले मुलुकमा नयाँ आशाको सञ्चार गरेको उल्लेख गर्दै उनीहरुले सुखी नेपाली र समृद्ध नेपाल निर्माणको यात्रालाई थप मजबुत बनाउने विश्वास पैदा गरेको बताएका छन् । विज्ञप्ति जारी गर्नेमा अनेरास्ववियुका अध्यक्ष नवीना लामा, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जीत तामाङ र नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौतम छन् । रासस