एमाले अध्यक्ष ओलीको अघिपछि सानुराम

१४ पुष २०७४, शुक्रबार ०९:२०

पुष १४, काठमाण्डौं ।
एमाले अध्यक्ष केपि ओलीको सुरक्षार्थ बुधवारदेखि डिएसपीले सुरक्षा दिन थालेका छन् ।

 


प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार डिएसपी सानुराम भट्टराईलाई ओलीको सुरक्षार्थ थप गरिएको बताईएको छ । यसअघि ओलीको सुरक्षामा नेपाल प्रहरीबाट इन्सपेक्टर तथा सशस्त्र प्रहरीबाट सईको कमाण्डमा प्रहरी खटिदै आएका थिए । बहालवाला प्रधानमन्त्रीलाई पनि डिएसपीकै कमाण्डमा प्रहरी खटाइने गरिएको छ ।