एमालेका दुई उपमहासचिव रुपन्देहीमा, गुल्मीमा दुई सचिव निर्वाचित

२६ मंसिर २०७४, मंगलवार ०५:५१

तेजेन्द्र के.सी.
मंसिर २६, बुटवल ।

नेकपा एमालेका दुई उपमहासचिव र दुई सचिव एउटै एउटै जिल्लाबाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएका छन्। यस्तै गुल्मीका दुई सचिव निर्वाचित भएका छन् । उपमहासचिवद्धय विष्णु पौडेल र घनश्याम भुसाल रुपन्देहीबाट र पार्टि सचिवद्धय प्रदीप ज्ञवाली र गोकर्ण विष्ट गुल्मीबाट निर्वाचित भएका हुन् ।


उपमहासचिव पौडेल रुपन्देही क्षेत्र नंं २ र अर्का उपमहासचिव भुसाल क्षेत्र नं. ३ बाट निर्वाचित भएका छन् ।  त्यस्तै सचिव ज्ञवाली गुल्मी क्षेत्र नं. १ र विष्ट क्षेत्र नंं २ बाट निर्वाचित भएका हुन् ।

पार्टिभित्र मात्र नभई राष्ट्रिय राजनितिमा समेत प्रभावशाली मानिने र यसअघि विभिन्न मन्त्रालयको सफल जिम्मेवारी पुरा गरेका महासचिवद्धय र सचिवद्धयको विजयपछि रुपन्देही र गुल्मीवाशीले मात्र नभई सिंगो पांच नंं प्रदेशवाशीले नै देशको विकास र सम्वृद्धिको दिशामा विजयी उम्मेदवारहरुको भुमिका महत्वपूर्ण हुने अपेक्षा गरेको राजिनिती शास्त्रका प्रा. एव बुटवल वहुमुखी क्यापसका पुर्व प्रमुख डा. माधव पन्थीले बताए ।

अधिको २०७०को निर्वाचनमा रुपन्देहीका उप महासचिव घनश्याम भुसाल र गुल्मीका सचिव प्रदिप ज्ञवाली पराजित भएका थिए ।
उप महासचिव पौड्यल , विष्टले भने जितेका थिए । उनिहरु ४ जना लुम्बिनी अञ्चलका भएको यस क्षेत्रको विकास महत्पुर्ण योगदान हुने अपेक्षा गरीएको छ ।

विजेता पौडेल भेट्न पुगे गिरीलाई,पराजित भण्डारीले बधाई दिए ज्ञवालीलाई

रुपन्देही क्षेत्र नंं २ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित एमालेका उपमहासचिव विष्णु पौडेलले निर्वाचनमा प्रतिष्प्रर्धी नेपाली कांग्रेसका नेता युवराज गिरीलाई उनकै घरमै पुगेर भेटघाट गरेका छन् । यस्तै गुल्मीमा पराजित चन्द्र भण्डारीले बिजेता प्रदिप ज्ञबालीलाइ पनि भेटेर वधाई दिएका छन् ।
सोमबार आज बुटवल बेसक्याम्पमा रहेको गिरीको घरमा पुगेका पौडेललाई गिरी परिवारले स्वागत गर्दै टिका माला र खादा पहिराईदिएर बधाई दिएको थियो । विहानै अचानक घरमा पुगेका पौडेललाई गिरी संगै उनकी ७६ वर्षिय आमा द्रौपती गिरी र धर्मपत्ती उमा गिरीले टिका र खादा लगाएर बधाई दिंदै सबैलाई मिलाएर यसक्ष्ँेत्रको विकासमा लाग्न आग्रह गरेका थिए ।

गिरीको आमा द्रौपतीले निर्वाचनमा आफ्नो छोरासंगै चुनावी प्रतिष्प्रधामा रहेका पौडेल पनि आफ्नो छोरा जस्तै रहेकोले पौडेलको जितमा खुशी लागेको बताईन् । “छोरा जस्तै हो, जसले तिनेपनि बधाई छ, सधै जनताको हितमा काम गर्नु” टिका लगाउँदै द्रौपतीले भनिन् ।
पौडेलले रुपन्देहीको मात्र नभई सो क्रममा पौडेलले निर्वाचनलाई आफुले एउटा खेलको रुपमा मात्र लिएको उल्लेख गर्दै आमाको सुझाव र आग्रहलाई सधै आशिर्वादको रुपमा लिएर अगाडी बढ्ने बताए । उनले युवराज गिरीसंगको सम्बन्ध राजनितिक र सामाजिक रुपमा मात्र नभई व्यक्तिगत रुपमा पनि सौहाद्रपूर्ण रहेकोले हरेक समयमा सहकार्य गर्ने बताए ।

गिरीले निर्वाचित भएसंगै जनतासंग गरिएका बाचाहरु पुरा गर्ने र राष्ट्रिय राजनितिमा देखा परेका वैमनश्यतालाई पनि समाधान गर्न प्रभावकारी भुमिका खेल्न आग्रह गरे । यस्तै गुल्मीका क्षेत्र नम्बर १ वाट चुवान जितेका एमाले सचिव प्रदिप ज्ञवालीलाई पराजित काग्रेका उम्मेदार भण्डारी भेटेर बधाई दिएका छन् ।

भण्डारीले गुल्मीको तम्घासमा ज्ञवालीलाई भेटेर हँसिलो मुद्रामा बधाई दिएका हुन् । २०७० सालमा ज्ञवालीलाई हराएर संविधानसभा सदस्य निर्वाचनमा निर्वा्चित भएका भण्डारीले यसपालीको संसदीय चुनावमा भने ज्ञवालीलाई हराउन सकेनन् । हारपछि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भण्डारीले लोकतन्त्रमा जित र हारलाई सहज रुपमा स्वीकार्नुपर्ने र आफूले पनि स्वीकारेको बताएका छन् ।

उनले निर्वाचनको क्रममा मैदानमा रहंदा प्रतिष्प्रधीको रुपमा रहेपनि गुल्मीको विकास र सम्वृद्धिको लागि अघि सार्ने हरेक योजनामा आफ्नो र आफ्नो पार्टिको समेत सहयोग र सहकार्य रहने उल्लेख गरेका छन् ।