उम्मेद्वारमाथी बढ्दो आक्रमणका घटनालाई गम्भीरताका लिएनन्, निर्वाचन नगर्न सरकार अझै उद्यत : वाम गठबनधन

३० कार्तिक २०७४, बिहीबार ०१:०४

कात्तिक ३०, काठमाडौं । वाम गठबनधन दल नेकपा एमाले र नेकपा माओवादी केनद्रले सरकार अझै पनि निर्वाचन नगर्न चलखेल गरिरहेको बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधबार साँझा राजधानीमा संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर सरकारले नेत्रविकक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसाँग साँठगाँठ गरेर निर्वाचन भाड्ने षड्यन्त्र गरिरहेको आरोप समेत लगाएका छन् । सरकारको निर्वाचन नगर्ने मनशाय अझै समाप्त भइनसकेको देखियो, एमाले अध्यक्ष ओलीले भने। सरकारले सीमाभित्र रहेर काम गरोस् ।

उनले वाम गठबनधनका उम्मेद्वारलाई छानी छानी बम प्रहर गर्ने, आक्रमण गर्ने भए पनि सरकारले चासो नदिएको भन्दै विप्लवसँग सरकारको साँठगाँठको आशंक गरे । रोल्पा, रुकुम, भोजपुर, संखुसभामा उम्मेद्वारमाथी आक्रमण भईरहेको छ । सरकारको विरोध वक्तव्य देख्दिनँ, सरकार कानमा तेल हलेर ङिच्च दाँत देखाएर बसेको छ, के लुकेको छ यसभित्र ? आशंका व्यक्त गर्दै उनले सरकारसँग पश्न गरे । चुनाव सार्न कसैले ठानेको भए दुर्भाग्यपूर्ण हुने भन्दै ओलीले विप्लवलाई अर्काको निम्त्ति बम बनदुक नपड्काउन आग्रह समेत गरे ।
उनले राजाले दिएको संविधान समेत नमानी आएको भन्दै विप्लवले देएको मान्नुपर्ने भनेर प्रश्न गरेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले निर्वाचन स्वच्छा, शान्तिपूर्ण र भयरहित बनाउनेभन्दा पन नगर्न पाए हुने भनेर अन्यत्रै कार्य गरिरहेको आरोप लगाए । रुकुममा बम हान्ने व्यक्तिलाई काँग्रेसका बहालवाला मन्त्रीले छुटाउन दबाब दिनुले काँग्रेसको विप्लवसँग साँठगाँठ देखिएको उनले आशंका गरे । रुकुममा प्रतिनिधिसभा सदस्य कुलबहादुर केसीमाथी आक्रमण भयो । विप्लवका कार्यकर्ता हतियारसहित पक्राउ परे तर पछि काँग्रेसका मन्त्रीले नै छुटाउन वक्तव्य दिने काम भयो त्यसपछि विनाविभागीय मन्त्री जनार्दन शर्मामाथी आक्रमण भयो । वर्षमान पुनमाथी पनि माइन विस्फोट गराईयो । भोजपुरमा, संखुवासभामा आक्रमण भयो यस्तो घटनालाई सरकारले गम्भीरताका साथ लिनुका सटट हतियारसहित पक्राउ परेकालाई छुटाउन लाग्नुले साँठगाँठ हो कि भन्ने देखियो, दाहालले पत्रकार सम्मेलनमा भने । –राजधानी दैनिकबाट