इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राती भएका खेलमा म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाईटेड, चेल्सी, आर्सनल र लिभरभपुल विजयी

३ मंसिर २०७४, आईतवार ०३:३१

मंसिर ३,काठमाठौं । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राती भएका खेलमा शीर्ष क्लबहरु म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाईटेड, चेल्सी, आर्सनल र लिभरभपुल विजयी भएका छन् ।

तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले लेष्टर सिटीलाई २९० ले हरायो । म्यान सिटीलाई विजयी गराउन ग्याब्रिएल जिसस र केभिन डे ब्रायनाले एक–एक गोल गरे ।  प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले न्युकासल युनाईटेडलाई ४९१ ले पराजित ग¥यो ।  खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन एन्टोनियो मार्टीयल, क्रिस स्मलिङ, पउल पोग्बा र रोमेलु लुकाकुले एक–एक गोल गरे ।  प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले वेष्ट ब्रोमलाई ४९० ले पाखा लगायो । चेल्सीका लागि एडिन हाजार्डले २ गोल गर्दा अल्भारो मोराटा र मार्कस अलन्सोले एक–एक गोल थपे ।

 

यसैगरी लिभरपुलले साउथह्याम्पटनलाई ३९० ले पराजित गर्दा बर्नमाउथले हडर्सफिल्ड टाउनलाई ४९० ले तथा बर्न्लेले स्वान्सी सिटीलाई २९० ले हराए । क्रिष्टल प्यालेस र एभर्टनले भने २९२ गोलको बराबरी खेलेका छन् ।  रातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा १२ खेलबाट ३४ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा यथावत छ ।  समान खेलबाट २६ अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको चेल्सीको २५ अंक छ ।  २३ अंक जोडेको टोटनह्याम हट्सपर चौथो स्थानमा छ भने लिभरपल, आर्सनल र बर्न्लेको समान २२र२२ अंक रहेको छ ।