आचारसंहिता विपरीत एमाले

१३ मंसिर २०७४, बुधबार ०९:३९

मंसिर १३, काठमाडौं ।
निर्वाचन आचारसंहिता २०७२ (तेस्रो संशोधन २०७४) अनुसार राजनीतिक दलले पत्रपत्रिकाको माध्यमबाट प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा सात वर्ग इन्चसम्मको आकारमा कुनै एउटा पत्रिकामा प्रचार सामग्री छपाउन सक्ने उल्लेख छ ।


निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा हिजो नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले निर्वाचन आचारसंहिता विपरीत दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गरेको विषयलाई लिएर सो पार्टीसँग २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ ।

आयोगका सहायक प्रवत्ता मुकुन्द शर्माका अनुसार आयोगले निर्वाचन आचारसंहिता विपरीत कान्तिपुर दैनिक, नागरिक दैनिक, अन्नपुर्ण पोष्ट दैनिक, नयाँ पत्रिका राष्ट्रिय दैनिक र राजधानी दैनिकले नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष के.पी. शर्मा ओलीको तस्बिरसहित उक्त पार्टीको निर्वाचन चिह्नमा मतदान गराँै भनी विज्ञापन प्रकाशित गरेको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न ती दैनिक पत्रिकाको व्यवसथापनलाई निर्देशन दिएको छ ।