अनावश्यक कमेन्ट गर्ने मेरो ब्लकको सूचीमाः रेखा शाह

१४ पुष २०७३, बिहीबार ०८:३९

पछिल्लो समय आधुनिक गीत ‘तिमी बिना’ लिएर आएकी गायिका रेखा शाह अहिले सोही गीतको प्रचारमा ब्यस्त छिन् । ‘सिमसिमे पानीमा’ बोलको गीत गाएर चर्चामा आएकी रेखा छानेर मात्रै गीत गाउने धारणा राख्छिन् । फुर्सदको समय पुस्तक पढेर र गीत सुनेर मनोरञ्जन लिने यी गायिकासँग अनलाइनखबरले गरेको टी-टकः

बिहान कति बजे उठ्नुहुन्छ ?
बिहान ६ देखी ७ बजेसम्म उठिसक्छु । उठेपछि एक गिलास मन तातो पानी पिउँछु । त्यसपछि हर्लिक्स, भीभा वा वुष्ट खान्छु ।

ब्रेकफाष्टमा के हुन्छ ?
ब्रेकफाष्टमा सिजन अनुसारको फलफूल र हरेक दिन एउटा ओखर खान्छु । तर, फलफूल एकदमै थोरै खान्छु ।

भान्साको काम कत्तिको गर्नुहुन्छ ?
मलाइ भान्साको काम गर्न अल्छि लाग्दैन । त्यसो भन्दैमा महिलाले नै खाना बनाउनु पर्छ भन्ने छैन । हाम्रो घरमा भान्साको काम महिला पुरुष दुबैले गर्छौं ।

रुचीको विषय के हो ?
फुर्सद भयो भने गीत सुन्छु । अनि किताब पढ्दा मलाई निकै आनन्द आउछ । अचेल इन्टरनेटमा पनि अध्ययन गर्छु ।

किताब पढ्दा र इन्टरनेट हेर्दा कुन बढी मज्जा आउछ ?
दुबैमा उस्तै हो । किनकी किताब पनि आफ्नो रुची अनुसार पढ्ने हो र इन्टरनेटमा पनि आफुलाई रुची लाग्ने विषय नै खोज्छु ।

तपाईको आजको सेड्युल ?
दिउसो १० देखि ११ बजे एउटा अन्तरवार्ता छ । त्यसपछि २ बजेसम्म मेरो बिजनेश मिटिङ छ । पर्सी एउटा कार्यक्रममा र्‍याम्पमा हिड्दैछु । २ बजेपछि सोही कार्यक्रमको वारेमा मिटिङ छ । जेण्डर एण्ड पोलिटिक्सको एक्जाम आउँदैछ । ४ः३० देखि ६ बजेसम्म त्यहि विषयको ट्युसन पढछु । बेलुका मिल्ने साथीहरुसँग हायात होटलमा डिनर छ ।

फेसबुक कत्तिको चलाउनु हुन्छ ?
अपडेट त हुन्छु । तर, कमेन्ट म प्राय गर्दिन ।

कतिलाई ब्लक गर्नु भयो ?
धेरै भयो । अनावश्यक कमेन्ट गर्ने र अनावश्यक कुरा गर्नेहरुलाई ब्लक गरिदिन्छु ।

आफैं मेकअप गर्नुहुन्छ कि हुन्न ?
पहिला त मलाई मेकअप गर्नै आउदैन थियो । अहिले आफैं गर्न थालेकी छु । अबको ३ महिनामा म पर्फेक्ट मेकअप गर्ने भएर निस्कन्छु ।

के गर्दा तपाईलाई आनन्द आउँछ ?
म सहयोगी खालको मान्छे हुँ । कसैलाई सहयोग गर्न पाउदा रमाईलो लाग्छ ।