अझै एक वर्ष लगाइरहनुपर्छ मास्क : जो बाइडेन

१० फाल्गुन २०७७, सोमबार १४:२२

काठमाडाैं। विश्वभर कोरोना संक्रमितको संख्या ११ करोड नाघेको छ।

हालसम्म ८ करोड ७२ लाख बिरामी निको भइसकेका छन्। अहिलेसम्म २४ लाख ७७ हजार मानिसले ज्यान गुमाएका छन्।

यस्तोमा अमेरिकी राष्ट्रपति जो बाइडेनको कोरोना टास्क फोर्सका एक सदस्यले अझै कम्तीमा एक वर्ष मास्क लाउनैपर्ने बताएका छन्। संक्रामक बिरामी वरिष्ठ डाक्टरसमेत रहेका एन्थोनी फौसीले देशवासीलाई सतर्क रहन अपिल गरेका हुन्।

एक कार्यक्रमका क्रममा उनले भने, ‘विश्वमा भएका जम्मा मृत्युमध्ये करिब आधा संख्या त हाम्रै देशमा छ। यो ऐतिहासिक विफलता हो। हामी यसलाई सम्झिनै चाहँदैनौँ। अझै हामीसँग समय छ। अब हामीले सतर्क भएर काम गर्नुपर्नेछ।’

उनले अमेरिकीहरुले अझै एक वर्ष मास्क लाउनुपर्ने बताए। ‘मलाई लाग्छ अमेरिकीहरुले अझै एक वर्ष मास्क लगाउन जरुरी छ। भ्याक्सिन अभियान तीव्र गतिमा चलिरहेको छ। तर  सतर्कता नराखी हामीले उपलब्धि हासिल गर्न सक्दैनौँ।