अंशबन्डा विवादमा छोराले गरे बाबुको हत्या

१५ कार्तिक २०७४, बुधबार ०१:५३

कात्तिक १५, काठमाडौं । बाराको जीतपुर सिमरामा उपमहानगरपालिका–२० रेडक्रस टोलमा अंशबन्डाको विषयमा विवाद भएपछि आफ्नै दुई छोराले बाबुको ज्यान दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक राजकुमार बैदवारका अनुसार छोराद्वय २० वर्षिय सुनिल महतो र १७ वर्षका अर्जुन महतोले बाबु हिरालाल महतोको हत्या गरेको बताए । अंशबन्डामा पर्ने जग्गाको विषयमा विवादपछि दुई छोराले बाबु हिरालाललाई चिर्पडले टाउकोमा हिर्काएका थिए । घाईते महतोको कलैया अस्पतालमा उपचार हुन नसकेपछि वीरगञ्ज पठाएको थियो । अस्पताल पु¥याएको केही समयपछि उनको मृत्यु भएको हो । घटनामा संलग्न मृतकका दुइृ छोरालाई जिल्ला प्रहरी कार्यालय बाराले हिरासतमा लिई थप अनुसन्धन भईरहेको प्रहरी प्रमुख वैदवारले बताए ।