नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले दाङमा एकता सभा गर्दैछ । दाङको लमही देउखुरीमा एकता सभा सुरु भइसकेको नेकपाका संयोजक प्रचण्डको सचिवालयले जनाएको छ ।
सभामा सहभागी हुन शीर्ष नेता पुगेका छन् । एकत सभालाई संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।
विभिन्न १६ दल तथा घटकहरूबीच एकता भएपछि बनेको नेकपाले एकताको सन्देशलाई आम जनसमुदायबीच पुर्याउने उद्देश्यले देशभर सन्देश सभा गर्दैछ।
पार्टीले हिजो सुदूरपश्चिमको धनगढीमा उल्लेख्य नागरिकको उपस्थितिमा सन्देश सभा सञ्चालन गरेको थियो ।
