आज विवाह पञ्चमी–जनकपुर धाममा भगवान श्रीरामर सीता बीच विवाह हुने

२१ मंसिर २०८१, शुक्रबार ११:३३

काठमाडौं। आज विवाह पञ्चमीपर्व ।देशभर श्रीरामचन्द्र र सीताको पूजाआराधना सहित प्रतीकात्मक रूपमाविवाह गरिदिएर मनाइँदैछ।

त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामाआज देशभर राम–सीताको पूजाआराधना गरी यो पर्व मनाउन लागिएको हो।

मिथिलाको प्राचीन राजधानी जनकपुर धाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ।

गोस्वामी तुलसीदासले रामायणमावर्णन गर्नु भए अनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमामनाउने गरेका छन्।

रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमाआयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहेको विश्वास गरिन्छ।

सीतालाई छोरी–बहिनीका रूपमामान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभएपनिअदृश्य रूपमाहुने विश्वासले हर्षोल्लासका साथ प्रतिछायाजन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन्।

महोत्सवमनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्नहुन्छ।

पौराणिकमान्यताअनुरूप राममन्दिर बाट बाजागाजा, झाँकीसहितभगवान् रामको प्रतिमालाई विशेष रूपमानिर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पुरर्याइन्छ।

त्यस्तै जानकीमन्दिर बाट सीतालाई विशेष सुसज्जितडोलामा राखी रङ्गभूमिमालगिन्छ।

रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिकविधि सम्पन्न भए पछि सीता–रामलाई जानकीमन्दिरमा ल्याइन्छ। त्यस पछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्नहुन्छ। यस अवसरमा निस्केको भगवान्को डोलाशोभायात्रामा राज्यकाविभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रकाश्रद्धालु भक्तजनसमेत सहभागीहुने गर्छन्।

श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन्। यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनिआयोजना हुँदै आएको छ। देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भए पछि मनोवाञ्छितफल र मोक्ष प्राप्तहुने जनविश्वास छ।

पहिले एक महिना सम्म भव्य रूपमामनाउने गरिएको महोत्सव हाल पाँच दिन सम्म मनाइन्छ। यसैगरी देशभरका राम–सीतामन्दिरमा पनिविशेष पूजाआराधना र महोत्सव गरी विवाह पञ्चमीपर्व मनाइँदैछ। आज विवाह गर्न साइत नचाहिने सामाजिक मान्यता छ।

भगवान् श्रीरामचन्द्रको जन्म भूमि चितवनको माडी नगरपालिकास्थितअयोध्यापुरी भएको सार्वजनिक चर्चापछि पुरातत्वविभागले यस क्षेत्रका विज्ञसहित सहभागी गराएर अध्ययन गरिरहेको जनाइएको छ।

अध्ययन प्रतिवेदन प्राप्त भए पछि उत्खनन लगायत कामअघिबढाइने भएको छ।