लुम्बिनीमा बहुमत सांसदले प्रदेश प्रमुखलाई बुझाए हस्ताक्षर

१८ श्रावण २०७८, सोमबार १४:१५

काठमाडौं । लुम्बिनी प्रदेशमा बहुमतको नयाँ सरकार गठनको आव्हान गर्न माग गर्दै दलहरुले प्रदेश प्रमुखलाई बहुमत सांसदको हस्ताक्षर बुझाएका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा संसदीय दलका नेताले प्रदेश प्रमुख अमिक शेरचन समक्ष बहुमत ४१ सांसदको हस्ताक्षर बुझाएका हुन्।

उनीहरुले संविधानको धारा १६८ ९१० अनुसार मुख्यमन्त्री बनेका शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा रहेको भन्दै संविधानको धारा १६८ ९२० बमोजिम नयाँ सरकार गठनको माग गरेका हुन्। मुख्यमन्त्री पोखरेलले गत बैशाख १९ गतेदेखि हालसम्म अवैधानिक र अनैतिक ढंगले सरकार चलाइरहेको पनि आरोप लगाएका छन्।

हस्ताक्षर बुझाउनका लागि कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडिया, नेकपा ९माओवादी केन्द्र०का संसदीय दलका नेता कुलप्रसाद केसी, जसपा संसदीय दलका नेता सहसराम यादव र राष्ट्रिय जनमोर्चाकी संसदीय दलकी नेता तारा जिसी पुगेका थिए।

नयाँ सरकार बन्दा माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्री बन्नेछन्।