२० लाख भारुमा, सन्दिप बने आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी

१४ माघ २०७४, आईतवार ०९:४९

माघ १४, काठमाडौं ।

नेपाली युवा क्रिकेट खेलाडी सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग आइपियल खेल्ने निश्चित भएको छ ।

उनलाई आइपिएलको बोलकबोलमा दिल्ली डेयर डेभिल्सले २० लाख भारुमा खरिद गरेको छ । शनिबारबाट शुरु भएको अक्सनमा आइतबार सन्दीपलाई दिल्लीले खरिद गरेको हो ।

उनी आइपिएलमा खेल्न पाउने पहिलो नेपाली हुनेछन् । १७ वर्षीय सन्दीप स्पिनर हुन् ।

यस बीच राजस्थान रोयल्सले भारतीय टीमका खेलाडी जयदेव उनादकटलाई ११.५ करोड रुपैयाँमा भित्र्याएको छ । जो यो सिजनको कुनै पनि भारतीय खेलाडी माथि लगाइएको सबैभन्दा ठूलो बोली हो ।

उनादकट भन्दा पहिला मनिष पाण्डे र एल राहुलमाथि सवैभन्दा धेरै पैसा लगाइएको थियो । २५ वर्षका उनादकट तिब्र गतिका बलर हुन् । गत वर्ष उनलाई पुणेले ३० लाख रुपैयामा किनेको थियो ।