अब सार्वजनिक बिदामा पनि कार्यालय खुल्ने

११ फाल्गुन २०७९, बिहीबार २०:४१

सरकारले अधिकांश बिदाका दिन अतिआवश्यक कार्यालय खोल्ने निर्णय गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले अत्यावश्यक कार्यालयहरु शनिबार बाहेक सार्वजनिक बिदामा कार्यालय खोल्ने निर्णय गरेको हो ।

कुन बिदामा कार्यालय खोल्ने कुन बिदामा नखोल्ने भन्ने निर्णय गर्ने जिम्मा गृहमन्त्रालयलाई दिइएको एक मन्त्रीले जानकारी दिए ।