महाशिवरात्रिमा भीडलाई व्यवस्थापन गर्न ४ हजार स्वयंसेवक खटिने

३ फाल्गुन २०७९, बुधबार १७:४६

फागुन ६ गतेको महाशिवरात्रि पर्वको अवसरमा भीडलाई व्यवस्थापन गर्न ४ हजार जना स्वयंसेवक फिल्डमा खटिने भएका छन् । पशुपति क्षेत्र विकास कोषले बुधवार पत्रकार सम्मेलन गरेर नेपाल स्काउट लगायतका करिब ४००० सङ्ख्यामा स्वयंसेवकहरू परिचालन गरिने जानकारी दिएको हो । स्वयंसेवकहरु दर्शन लाइनको सहजीकरणका लागि कोर क्षेत्र बाहिर मात्र परिचालित हुने कोषको भनाइ छ ।

331231186_939137344107269_3428362431881314420_n330848348_1228339101108957_8809353236075067966_n331009817_586701323017475_6528991508251676286_n