भदौ २६, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भारतसँग सिमाना जोडिएको सर्लाहीको क्षेत्रमा जाँदा सधैं बुथ कब्जा हुने गरेको पाइएको भन्दै ‘यो निर्वाचनमा बुथ कब्जा रोक्न गृहमन्त्रीलाई निर्देशन दिएको छ ।
मधेसको चुनावमा माओवादी अन्य पार्टीभन्दा कम नहुने बताएका छन् । तर, अहिले नै मधेसमा माओवादी पार्टी पहिलो भइसक्यो भन्न नसक्ने उनले बताए । सोमबार सिन्धुलीमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले तराईको चुनावमा पैसा, रक्सी र मासुले प्रभाव पार्ने बताए । ‘पुराना पार्टीहरुले प्रत्येक महिलालाई एउटा साडी र त्यस भित्र हजारको नोट बाँडेको भेटियो,’ उनले भने ।
महोत्तरीको वर्दिवासमा एउटै भोजमा दश हजार क्विनटल मासु प्रयोग गरिएको भेटिएको बताउँदै उनले भने, ‘मासु र रक्सीले चुनावको परिणाम के आउला भन्न सकिन्नँ ।’ पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचनपछि प्रदेश र संघको चुनाव हुने र संविधान पुर्णरुपले कार्यान्वयन हुने धारणा राखे ।