असोज २९, काठमाडौं । अमेरिकाको प्रतिबन्धको बाबजुद छोटो समयमै पश्चिमा राष्ट्रहरुले नसोचेको रफ्तारमा परमाणु हतियार परीक्षण र देश विकासमा उत्तर कोरियाले उल्लेख्य प्रगति हासिल गर्नुमा काल्पनिक कथाहरुको महत्वपूर्ण योगदान रहेको छ ।
उत्तर कोरियामा लागु गरिएको ‘साँनगान’ अर्थात ‘सेना पहिले’को नीति प्रभावकारी मानिन्छ । कोरियाली युद्धपछि सन् १९६० मा किम इल सुंगले यस नीतिको सुरुवात गरेका थिए । यसै नीतिमा आधारित दुई ओटा घोडाको नाममा काल्पनिक कथा बनाइएको छ । जुन उत्तर कोरियाली जनतालाई आफ्नो देशप्रति उत्तरदायी हुँदै उन्नति र प्रगतिमा लम्किन प्रेरणा दिने गर्दछ । पश्चिमाहरुले भनेजस्तो भोकमरी र गरीबि र विपन्नबाट पिल्छिएको उत्तर कोरियाले काल्पनिक कथालाई वास्तविकतामा परिणत गर्न खोजिरहेको भान पछिल्लो समय उत्तर कोरियाले बनाएको गगनचुम्बी भवन र आधुनिक सहरको निर्माणबाट थाहा पाउन सकिन्छ ।
पहिलो कथा ‘चोलिमा’ नाम गरेको वायुपंखी घोडामा आधारित छ । यो घोडा ‘मलिमा’ नाम गरेको अर्को घोडाभन्दा कम तर दैनिक चार सय किलोमिटर दौडन सक्छ । ‘चोलिमा’ घोडाको काल्पनिक कथा सन् १९५० मा कोरियाली चोलिमा मुभमेन्टबाट सुरु भएको हो । सन् १९५०–५३को कोरियाली युद्धपछि अर्थव्यवस्थाको पुनर्निर्माणको लागि सन् ५० कै दशकमा चोलिमा मुभमेन्टको सुरुवात गरिएको थियो । अहिले उत्तर कोरियाको सबैभन्दा ठूलो संयन्त्र चोलिमा स्टील कम्प्लेक्समा नै रहेको छ । त्यस्तै, उत्तर कोरियाली जनतालाई प्रेरणाको लागि अर्को काल्पनिक कथा वायुपंखी घोडा ‘मलिमा’मा आधारित छ ।
घोडा एकदमै तेज रफ्तारमा लामो दुरीसम्म दौडन सक्छ । यसको रफ्तार ‘चोलिमा’भन्दा १० गुणा बढी रहेको उनीहरुको मान्यता छ । उत्तर कोरियाली मिडियामा धेरैजसो ‘मलिमाको रफ्तार’ भन्ने शब्द प्रयोग गरिन्छ । आर्थिक लक्ष्य हासिल गर्नको लागि सबै जनताले प्रतिबद्ध भएर धेरै मेहेनेत गर्नुपर्छ भन्ने बुझाउन र प्रेरणाको लागि ‘चोलिमा’ घोडाको काल्पनिक कथा सुनाउने गरिन्छ । एजेन्सी