राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही क्षेत्र नम्बर–२ मा दुई जना उम्मेदवारलाई टिकट प्रदान गरेको छ। पार्टीले सुलभ खरेल र आशिष सुवेदीलाई उम्मेदवारको रूपमा टिकट दिएको हो।
बालेन शाह पक्षका आशिष सुवेदीलाई यसअघि नै टिकट दिइसकिएको थियो। तर सोमबार राति अबेर सुलभ खरेललाई पनि टिकट प्रदान गरिएको स्रोतले जनाएको छ। एउटै निर्वाचन क्षेत्रमा दुई जनालाई टिकट दिएपछि रास्वपाभित्र आन्तरिक विवाद चर्किएको बताइएको छ।
रुपन्देही क्षेत्र नम्बर–१ र २ मा बालेन पक्षका उम्मेदवार अघि सारिएकोप्रति कार्यकर्तामा असन्तुष्टि बढेपछि खरेललाई अन्तिम समयमा टिकट दिइएको जनाइएको छ।
उक्त क्षेत्रमा नेकपा एमालेबाट विष्णु पौडेल उम्मेदवार छन् भने नेपाली कम्युनिस्ट पार्टीले सुवास पाण्डे (विश्वदीप) लाई उम्मेदवार बनाएको छ।
