काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह घण्टीघर पुगेर छोटो समयमै फर्किएका छन्। उनी करिब १० मिनेट मात्र त्यहाँ बसेका थिए।
आजै जनकपुर जाने कार्यक्रम तय भएकाले धेरैबेर नबसिएको एक नेताले जानकारी दिए। यसअघि नै उनले राजीनामा दिएको मेयरको सचिवालयले जनाएको छ।
काठमाडौं महानगरपालिकाका एक अधिकारीका अनुसार मेयरको सचिवालयमार्फत उपमेयरलाई राजीनामा बुझाइएको हो।
राजीनामा पत्रमा बालेनले उल्लेख गरेका छन्,
“नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौं महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम म काठमाडौं महानगरपालिकाको नगर प्रमुख पदबाट मिति २०८२ माघ ४ गतेदेखि लागू हुनेगरी स्वेच्छाले राजीनामा पेश गरेको छु।”
