नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा-५ बाट रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ ।
झापा-५ बाट एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार बन्ने चर्चा चलिरहेको बेला नेकपा संयोजक पुष्पकमल दाहालले युवा नेता तामाङलाई पार्टीको टिकट दिएका हुन् ।
तामाङलाई शनिबार आफ्नो निवासमा बोलाएर दाहालले प्रतिनिधिसभा उम्मेदवारको टिकट दिएका हुन् । आफूलाई संयोजक दाहालले टिकट दिएको तामाङले बताए ।
