काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले दुई साताभित्र पदबाट राजीनामा दिने तयारी गरेका छन् ।
आइतबार बिहान ४ बजे राष्ट्रिय स्वतन्त्र पार्टीसँगको ७ बुदे सहमती पछि उनले महानगरको मेयर पदबाट राजीनामा गर्ने भएका हुन् । मेयरका प्रमुख स्वकीय सचिव भुपदेव शाहले महानगरको सबै प्रक्रिया पुर्याएर बालेनले दुई साताभित्रमा राजीनामा दिने बताए ।
“उचित समय आएपछि मेयरज्यूले राजीनामा गरिहाल्नुहुन्छ । महानगरमा केही काम बाँकी छ । त्यो सबै काम सकाएर दुई साता/१५ दिनभित्रै राजीनामा गर्नुहुन्छ,” उनले भने ।
