बन्दसत्र ढिला हुँदा लम्बिने भयो एमाले महाधिवेशन

३० मंसिर २०८२, सोमबार ०६:५४

नेकपा एमालेको ११औं महाधिवेशन लम्बिने भएको छ।

मंसिर २७ गत‍ेदेखि २९ गतेसम्मका लागि तोकिएको एमालेको महाधिवेशन लम्बिने भएको हो।

एमालेको बन्दसत्र आइतबार बिहानै सुरू हुने भनिएपनि दिउँसो सवा ३ बजेमात्रै सुरू भएको थियो। बन्दसत्र अघि केन्द्रीय कमिटीको बैठक बसेको थियो।

यसअघिको १०औं महाधिवेशन जस्तै यसपटक पनि महाधिवेशन लम्बिने भएको हो।

केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार पुस १ गतेमात्रै निर्वाचन तोकिएको छ। त्यस दिन बिहान ११ बजेदेखि ५ बजेसम्मको तालिका सार्वजनिक भएको हो। त्यसदिन विद्युतीय उपकरणबाट मतदान हुनेछ।
उम्मेदवारको अन्तिम नामावली प्रकशनपछि सफ्टवेयरमा नाम सेट गर्न चार-पाँच घन्टा लाग्ने विगतको अनुभव छ।