सहसचिव वैकुण्ठप्रसाद अर्याल सचिवमा बढुवा, फणीन्द्र गौतम सचिवबाट अनिवार्य अवकाशमा

१७ मंसिर २०८२, मंगलवार १७:०३

काठमाडौं । नेपाल सरकारका सहसचिव एवं सुदूरपश्चिम प्रदेश सरकारका कायममुकायम (कामू) प्रमुख सचिव वैकुण्ठप्रसाद अर्याल सचिवमा बढुवा भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सहसचिवबाट सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

सचिवमा बढुवा भएसँगै अर्याल सुदूरपश्चिम प्रदेशकै प्रमुख सचिवको जिम्मेवारीमा पदस्थापन भएको छ ।

केही दिन अघि बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव अर्याललाई कामू प्रमुख सचिवको जिम्मेवारीमा पठाएको थियो ।

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत कानून तथा मानव अधिकार क्षेत्र हेर्ने सचिव फणीन्द्र गौतम ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका छन् ।

उनी अवकाशमा गएसँगै कानून सेवातर्फ एक सचिवको पद रिक्त भएको छ ।