
एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका फ्यानहरूका लागि ‘एनपीएल फ्यान प्याक’ सार्वजनिक गरेको छ, जसमा ग्राहकहरूले ११ विभिन्न डेटा र भ्वाइस प्याक खरिद गर्दा अतिरिक्त बोनस पाउनेछन्। रु. ९९ अनलिमिटेड डेटा प्याकमा २५ मिनेट निःशुल्क एनसेल-टु-एनसेल कल, रु. ३९९ सधैँ अन प्याकमा टिकटक निःशुल्क, रु. ५९९ होम एन्ड अवे प्याकमा युट्युब निःशुल्क चलाउने सुविधा, र रु. २९९ अनलिमिटेड अल नेपाल भ्वाइस प्याकमा १ जीबी अतिरिक्त डेटा प्राप्त हुनेछ। बोनस सुविधासँगै ग्राहकहरूले एनसेल एपबाट ‘स्पिन एन्ड विन’ खेलमा सहभागी भएर थप बोनस र एनपीएलको खेल हेर्ने टिकट जित्ने अवसर पनि पाउनेछन्। एनसेलका चिफ कमर्सियल अफिसर उपङ्ग दत्तका अनुसार, ‘एनपीएल फ्यान प्याक’ले क्रिकेटको महाउत्सवमा नेपाली फ्यानहरूलाई उत्साह थप्नेछ। एनपीएल दोस्रो संस्करण मंसिर १ देखि २७ गते सम्म किर्तीपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ।
