तीजको रौनक बढ्दै गर्दा नेपाली सांगीतिक क्षेत्रमा मौलिकता र परम्पराको सुगन्ध फैलिएको छ। यही अवसरमा चर्चित गायक तथा सर्जक मोतिराज खनालले सार्वजनिक गरेको नयाँ तीज गीत ‘छड्के कपाल किन कोरेको’ छोटो समयमै लोकप्रिय बन्दै गएको छ। गीतले परम्परा, नारी सशक्तिकरण र सांगीतिक सौन्दर्यलाई समेट्दै गाउँदेखि शहरसम्मका दिदीबहिनीको मनको भावना बोकेको छ। मोतिराज खनाल र राधिका हमालको दमदार स्वरमा सजिएको गीतमा दिपेश बिष्ट, कृष्ण खत्री, रश्मि भुजेल र कल्पना मल्लको सहायक स्वरले गहिरो प्रभाव छोडेको छ। शब्द, संगीत र स्वर खनालकै रहेको गीतको संगीत संयोजन रमेश सेन्चुरीले, रेकर्डिङ तथा मिक्सिङ कृष्ण बाजुरालीले गरेका हुन्।
सुरज खनालको निर्देशनमा ललितपुरको युएन पार्कमा छायाङ्कन गरिएको भिडियोमा कृष्ण खत्री र रिना गुरुङ मुख्य भूमिकामा प्रस्तुत छन् भने गीता खनाल, अस्मिता खनाल र कृष्टिना शाहको अभिनयले थप रङ भरेको छ। भिडियोमा शिवजी क्षेत्रीको नृत्य संयोजन, सुशील डाँगीको छायाङ्कन, सम्पादन र रङ संयोजन, विशाल राईको IT सहयोग र जीवन पासाको मेकअपले गीतलाई पूर्णतासहित प्रस्तुत गरेका छन्। भिडियो शिवजी डान्स सेन्टरको पोस्ट प्रोडक्सनबाट तयार पारिएको हो। यस गीतको विमोचन रिपोर्टर्स क्लब नेपालमा माननीय सांसद बिजुला रायमाझीको प्रमुख आतिथ्यमा गरिएको थियो, जहाँ विशेष अतिथि लक्ष्मण रायमाझी, अतिथि ऋषिराम भुसाल र धनेन्द्र बस्नेतको हातबाट कलाकारहरूलाई प्रशंसा पत्र वितरण गरिएको थियो।
‘सुपादेवी देउरालीकी माइ’ जस्ता लोकप्रिय भजनहरूबाट चर्चा कमाएका खनालले यसपालिको तीजमा ‘छड्के कपाल किन कोरेको’ गीतमार्फत मौलिक सांगीतिक स्वाद र सांस्कृतिक चेतना प्रस्तुत गरेका छन्। गायक खनालका अनुसार कार्यक्रममा सन्सा फिल्म्सका अध्यक्ष सुरज खनालको अध्यक्षता, सञ्चालक सबिन खड्काको सञ्चालन, र समग्र व्यवस्थापन आफूले सम्हालेका थिए। युट्युब, फेसबुक र टिकटकमा भाइरल बन्दै गएको यो गीतले विशेषगरी दिदीबहिनीको भावनालाई अभिव्यक्त गर्दै तीजको माहोलमा आत्मीयता थपेको छ।
पूरा भिडियो हेर्नुहोस्: https://youtu.be/V0HxxB_V8Qg?si=1pCtGvh9mJatqzbL
