काठमाडौं । “पल्लो गाउ” सिरियललाई बन्द गरेर निर्देशक तथा कलाकार रुपकराज बिश्वले नयाँ सिरियल “बासुदेब” सार्वजनिक गरेका छन् ।
उक्त सिरिय छोटो समयमै दर्शकले मन पराउन थालिसकेका छन् । नारीको कथालाई लिएर निर्माण गरिएको “बासुदेब” सिरियल नेपाली समाजमा रहेका बिबिध पक्षहरुलाई समय र परिस्थिति अनुसार गम्भीर तथा सन्देश मुलक तरिकाले प्रशारण हुँदै आएको छ ।
बिगत लामो समयदेखि कलाकारिता क्षेत्रमा लागेका रुपक राज बिश्ले समाजमा रहेका समासामहिक बिषय बस्तुमा आधारित नारी जीवनको कथालाई लिएर “बासुदेब” सिरियल निर्माण गरेका हुन् ।
“पल्लो गाउँ” सिरियल भाग १ बाट ५२ सम्मा निर्देश गर्दे आएका कलाकार रुपकराज बिश्वले “पल्लो गाउँ” सिरियललाई बन्द गरेर फरक कथा बस्तु र फरक ढङगबाट “बासुदेब ” सिरियललाई अगाडी बढाउदै छन् । यो सिरियल अब निरन्तर रुपमा प्रशारण हुने,यो सिरियल हेरेर दर्शकले सकारात्मक सन्देश लिने सक्ने निर्देशक किश्व बताउछन् ।
समाजमा भएका यर्था घटनालाई सकारात्मक सन्देश दिदै आएको “बासुदेब” सिरियल “ए बि आर मिडिया” युटुब च्यानलबाट ५ भाग प्रशारण भइसकेको छ ।
रुपकराज बिश्वको लेख्न,निर्देशनमा बनेका “बासुदेब” सिरियलमा सागर गौतमले छायाँकन गरेका छन् । उक्त सिरियलमा थुप्रै कलाकारहरुको अभिनय फरक,फरक तरिकाले आकर्षित रुपमा देख्न सकिन्छ । मेन क्यारेक्टरको भुमिकामा राजु सिंङ (डेन्जर दादा) र रुपकराज बिश्व रहेका छन् भने कलाकारहरु नारायण घिमिरे, राजु सिंङ (डेन्जर दादा), रुपका राज विश्व, एनबी , सरिता मगर, कमला केसी, गंगा मैनाली, गीतु मगरणी, कमला घिमिरे, रिया घिमिरे लगायत कलाकारहरुको अभिनय सशक्त रुपमा देख्न सकिन्छ ।