अर्घाखाँचीबासी जनतालाई पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीको कारागारभित्रबाट विशेष अपिल !

१९ फाल्गुन २०८२, मंगलवार १५:२५

 

पूर्व उपप्रधानमन्त्री, विकासप्रेमी एवं लोकप्रिय नेता टोप बहादुर रायमाझीले आसन्न फागुन २१ गते सम्पन्न हुन गइरहेको निर्वाचनमा अर्घाखाँचीका सर्वाधिक लोकप्रिय, निष्कलङ्कित तथा जनसेवी उम्मेदवार राम बहादुर चौहानलाई तारा चिन्हमा मतदान गरी अत्याधिक बहुमतले विजयी गराउन अपिल गर्नुभएको छ।नेता रायमाझीलाई भेट गर्न गएका नेपाली कम्युनिष्ट पार्टीका नेताहरूसँग भक्कानिँदै उहाँले उक्त अपिल गर्नुभएको हो। उहाँले भन्नुभयो आफै धामी, आफै बोक्सी’ भनेझैं नितान्त व्यक्तिगत स्वार्थपूर्तिका लागि बिना गल्ती अन्यायपूर्ण र बदनियतका साथ मलाई जेलमा पुर्‍याइयो। आज तिनैले मेरो चाहना, मर्म र भावना विपरीत भ्रामक, मनगढन्ते र कपोलकल्पित विज्ञप्ति जारी गरेर मेरो भावनामा गम्भीर चोट पुर्‍याएका छन्। जेलमा बसेको व्यक्तिको स्वकीय सचिव कसरी हुन्छ?म अन्यायमा परेको विषय र मैले सुरु गरेका अधुरा विकास योजनाहरूको बारेमा चुनावी अभियानका क्रममा आयोजित प्रत्येक कोणसभामा उम्मेदवार चौहानले निरन्तर आवाज उठाउँदै आएकाले मेरो समर्थन चौहानलाई छ। कसैको भ्रममा नपरी सबैले चौहानलाई तारा चिन्हमा मतदान गर्नुपर्छ। चौहानलाई जितको अग्रिम शुभकामना छ।”नेता रायमाझीको समर्थनसँगै उम्मेदवार चौहानको जितको सम्भावना बलियो बन्दै गएको राजनीतिक विश्लेषकहरूको धारणा रहेको छ।