काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग निर्णायक वार्ताको तयारीमा विशेष महाधिवेशनको नेतृत्व गरिरहेका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा निर्णायक छलफलमा रहेका छन् ।
अहिले उनीहरुबीच देउवा निवासमा छलफल भइरहेको छ ।
“यसलाई वार्ताको रुपमा भन्दा पनि सभापतिको कुरा सुनौँ न त भनेर महामन्त्रीहरु आउनुभएको छ । तर वार्ता समिति छैन,” उनले भने, “सभापतिले आफू निकटका नेताहरुलाई पहिल्यै बोलाउनुभएको रहेछ ।”
सभापति देउवाकहाँ डा. मीनेन्द्र रिजाल, बालकृष्ण खाँण र प्रकाशशरण महत रहेका छन् ।
