काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी निर्वाचनका लागि गोविन्द खनालले सह–कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना सन्देशसहित उनले दिपक राज भुसाल नेतृत्वको टिमबाटउम्मेदवारी घोषणा गरेका हुन्।
खनालले इक्यानलाई अझ पारदर्शी, उत्तरदायी र आर्थिक रूपमा सुदृढ संस्था बनाउने लक्ष्य राख्दै निर्वाचनमा होमिएको बताए। उनले आर्थिक अनुशासन, पारदर्शिता र सदस्य हितलाई प्राथमिकतामा राख्दै जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सह–कोषाध्यक्षको भूमिका संस्थाको आर्थिक विश्वसनीयता र सुशासनसँग प्रत्यक्ष जोडिएको भएकाले, खनालले कोष व्यवस्थापनलाई थप व्यवस्थित, भरोसायोग्य र उत्तरदायी बनाउने लक्ष्य राखेको बताएका छन्। सदस्यहरूको हित संरक्षण र संस्थागत स्थायित्वका लागि आफू निरन्तर सक्रिय रहने उनको भनाइ छ।
आगामी निर्वाचनमा सम्पूर्ण सदस्यहरूबाट विश्वास, सहयोग र मतको अपेक्षा गर्दै खनालले समर्थनको अपिल गरेका छन्।
