लुम्बिनी – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले लुम्बिनी प्रदेशबाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देहीबाट श्रीधर खनालसहित १२ जना उम्मेदवार सिफारिस गरेको छ।
नेकपाको लुम्बिनी प्रदेश संघीय सम्पर्क समितिको बैठकले महिला, दलित, आदिवासी जनजाति, खस/आर्य र पिछडिएको क्षेत्रलाई समेट्दै उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको हो। पार्टीले समावेशी प्रतिनिधित्वलाई प्राथमिकता दिएको बताएको छ।
प्रत्यक्षतर्फ सिफारिस उम्मेदवारहरूमा रुपन्देहीबाट श्रीधर खनाल, प्यूठानबाट रविन्द्र के.सी. र बाँकेबाट तेज रेग्मी रहेका छन्।
यसैगरी, अन्य सिफारिस उम्मेदवारहरूमा गीता गहतराज, कमला कुमारी माण्डव्य, उदयराज अधिकारी, चित्रबहादुर घर्ती मगर, शुभिला चौधरी, तिलक राज बी.के., विद्या राज पाण्डे, फूलमान परियार र दुर्गा रिजाल रहेका छन्।
संघीय सम्पर्क समितिका इन्चार्ज गीता गहतराज र संयोजक उदयराज अधिकारीले हस्ताक्षर गरेको पत्रमार्फत सिफारिस सूची केन्द्रमा पठाइएको छ। पार्टीले यसरी सिफारिस गरेका उम्मेदवारहरू अन्तिममा केन्द्रको अनुमोदनपछि मात्र प्रत्यक्षतर्फ उम्मेदवार बन्नेछन्।
नेकपाले समावेशी प्रतिनिधित्वलाई प्राथमिकता राख्दै महिला, दलित र पिछडिएको क्षेत्रका प्रतिनिधिहरूलाई पनि सूचीमा समेटेको बताइएको छ। पार्टीले आगामी निर्वाचनमा लुम्बिनी प्रदेशका सबै क्षेत्रबाट सन्तुलित प्रतिनिधित्व सुनिश्चित गर्न यो कदम चाल्नुको साथै विभिन्न जातीय र सामाजिक समूहको सहभागिता सुनिश्चित गर्ने उद्देश्य राखेको छ।
